आगामी निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली आज प्रकाशन हुँदै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली बिहीबार प्रकाशन हुने भएको छ ।

निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा बुधबार उजुरी दिने कार्यतालिका थियो । उक्त उजुरीउपर जाँचबुझ एवं आवश्यक निर्णय गरी बिहीबार ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । उम्मेदवारी दिएका पाँच उम्मेदवारविरुद्ध उजुरी परेको छ । निर्वाचन आयोगका अनुसार, भक्तपुर, सुनसरी, रौतहट र कैलालीबाट उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध उजुरी परेको हो।

माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ । सोही दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको हो । आयोगमा अहिलेसम्म प्राप्त जानकारी अनुसार पुरुष ३ हजार ८९, महिला ३ सय ९६ र तेस्रो लिङ्गी एक गरी ३ हजार ४ सय ८६ जनाको उम्मेदवारी दर्ता भएको छ ।