एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?

नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ । ललितपुरको च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे सचिवालयको बैठक बस्ने भएको हो । बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको गतिविधि र सरकारको काम कारबाहीका विषयमा छलफल हुने बताइएको छ ।
दमौलीको मादी पुलबाट जीप खस्यो तीन जनाको मृत्यु

पोखरा / पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिकाको वडा नम्बर ३ र ५ जोड्ने मादी नदीको पुलबाट जीप खस्दा तीन जनाको ज्यान गएको छ । गएराति १२ बजे पाँच जना सवार जीप दुर्घटना भएको हो । दमौलीबाट चापाघाटका लागि छुटेको ग २ च ५७६० नम्बरको जीप मादी नदी पुलको रेलिङ भत्काएर नदीमा खसेको जिल्ला प्रहरी कार्यालय […]
संगठन बलियो बनाए मात्रै बलियो संगठनको सदस्य हुँदा हरेक पार्टी सदस्यले गर्व महसुस गर्दछन

संगठन बलियो बनाए मात्रै बलियो संगठनको सदस्य हुँदा हरेक पार्टी सदस्यले गर्व महसुस गर्दछन ! नेपाली कांग्रेस कास्कीका ३ वटै क्षेत्रका क्षेत्रीय सभापति र उपलब्ध पदाधिकारीको आज शनिबार बैठक बसी जिल्ला भरीको संगठन,शशक्त,जिम्मेवार,जनमुखी,उत्तरदायी बनाउने र निरन्तर समन्वयात्मक बैठक बस्ने निर्णय गरियो ! थप निर्णयहरु:- १,क्रियाशिल सदस्य नवीकरण फारम सम्बन्धित वडामा पुगी सकेको हुनाले केन्द्रले दिएको […]
आर्थिक अनियमितता गरेको प्रमाणित भए राजनीतिक जीवनबाटै राजीनामा दिन्छु – गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले आर्थिक अनियमितता गरेको भए राजनीतिक जीवनबाटै राजीनामा दिने बताएका छन् । कुनै पनि कर्मचारीमाथि अनुसन्धान सुरु भएको भन्दैमा समग्र मन्त्रालय नेतृत्व वा मन्त्रीहरुले राजीनामा दिनुपर्ने संस्कृति स्थापित गर्नु असम्भव रहेको पनि उनले बताएका छन् । शनिबार काठमाडौँमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री लेखकले गृह मन्त्रालय जस्तो ठूलो संस्थामा हजारौं होइन, लाखौं कर्मचारी […]
हेमजाको गौरीशंकर खेल मैदानमा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता

पोखरा ।पोखरा महानगरपालिका वडा नं.२५ हेमजामा ३५ वर्ष माथिको उमेर समूहका खेलाडीहरूको सहभागितामा अन्तर वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । गौरीशंकर खेल मैदानमा सुरु प्रतियोगिताको शनिबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् । सो अवसरमा नगर प्रमुख आचार्यले आफूहरू महानगर क्षेत्रको समग्र खेलकुद विकास लागि प्रतिबद्ध रहेको बताए । उनले […]
पोखरामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु

पोखरा ।पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा पोखरामा मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरू भएको छ । महानगरको न्यायिक समितिको आयोजनामा सुरु तालिमको पोखरा महानगरका प्रमुख धनराज आचार्यले शनिबार उद्घाटन गरेका हुन् । तालिम उद्घाटन गर्दै प्रमुख आचार्यले ठूलाठूला युद्धको समेत वार्तामा बसेर र मेलमिलापबाट नै समाधान निकालिने भएकाले जसनसुकै विवादमा पनि समयमै मेलमिलाप गराउन सकिए समस्या […]
भारतमा बढ्दै छन् कोरोना संक्रमित

छिमेकी मुलुक भारतमा कोरोनाका घटनाहरू निरन्तर बढिरहेका छन्। यो वर्षको सुरुमै मुम्बईमा कोरोनाका बिरामीहरू पुष्टि हुन थालेका थिए । शनिबार बिहान ६ बजेसम्ममा कोरोनाका ३१२ केसहरू दर्ता भएका छन्। यद्यपि, यो संख्या विश्वका अन्य देशहरूको तुलनामा धेरै कम छ। कोरोनाका कारण २ जनाको मृत्यु भएको छ। शुक्रबार भारतमा २९ नयाँ केसहरू पत्ता लागेका छन् । […]
नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द

सङ्घीय राजधानीको प्रदेशविन्दु नागढुङ्गा–नौबिसे सडक आजदेखि हरेक दिन दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ । नारायणगढ– मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले आजदेखि यही जेठ २५ गतेसम्म बिहान १०ः ३० बजेदेखि अपाह्न ३ः०० बजेसम्म उक्त सडक बन्द गरेर काम थालेको जनाएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौँ र धादिङ जिल्ला […]
पूर्वराष्ट्रपति भण्डारी साताव्यापी भ्रमणका लागि आज चीन जाँदै

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी साताव्यापी भ्रमणका लागि आज चीन प्रस्थान गर्दैछन् । मन्त्री र नेकपा एमालेका नेता सम्मिलित टोलीको नेतृत्व गर्दै पूर्वराष्ट्रपति भण्डारी बेइजिङ जान जान लागेकी हुन्। भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चीनफिङसँगसमेत भेटघाट हुने सम्भावना रहेको एमाले एमाले स्रोतले बताएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा पूर्वराष्ट्रपति भण्डारी नेतृत्वको नेपाली टोली साँझ […]
ओलीको कटाक्ष: “उरन्ठेउलो केटोहरूले भ्यागुताको जस्तो ट्यारट्यार नगर्नू”

पोखरा, – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनमाथि तीव्र कटाक्ष गर्दै “उरन्ठेउलो केटो” को संज्ञा दिएका छन्। उनले नेपालमा राजतन्त्र फर्काउने सपना देख्नु “वर्षा यामको भ्यागुताको ट्यारट्यार” जस्तो भन्दै यस्ता भ्रम फैलाउन नदिन चेतावनी दिएका छन्। पोखरामा शुक्रबार सम्पन्न युवा संघ नेपालको १०औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै […]