पोखरा महानगरपालिका वडा नं. १४, मिलनसार आमा समूहको तेस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनले आगामी कार्यकालका लागि सृजना श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका-१४ का वडा अध्यक्ष बोध बहादुर कार्कीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। सो अवसरमा बोल्दै अध्यक्ष कार्कीले समाज रुपान्तरण र स्थानीय विकासमा आमा समूहहरूको भूमिका सराहनीय रहेको बताउनुभयो। उहाँले वडा कार्यालयले आमा समूहका रचनात्मक कार्यलाई सधैं सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो।
कार्यक्रममा विशेष अतिथिका रूपमा बोल्दै वडा सदस्य तनुजा थापा वि.क. र शिव मार्ग टोल विकास संस्थाका अध्यक्ष बल बहादुर मगरले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो।
अधिवेशनले आगामी नेतृत्वका लागि निम्न बमोजिमको ११ सदस्यीय कार्यसमिति चयन गरेको छ:
• अध्यक्ष: सृजना श्रेष्ठ
• उपाध्यक्ष: अन्जु गुरुङ
• सचिव: सुभ माया गुरुङ
• कोषाध्यक्ष: तमा थापा मगर
• सदस्यहरू: तुल माया मगर, विष्णु माया पौडेल, सीता रानाभाट, गीता रानाभाट, जमुना रानाभाट, सुनिता वि.क. र मन्जु परियार।
करिब १०० जना सदस्यहरूको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन समूहकी सचिव सुभ माया गुरुङले गर्नुभएको थियो भने अध्यक्षता सृजना श्रेष्ठले गर्नुभएको थियो। सभामा संस्थाको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन समेत पारित गरिएको छ।