काठमाडौँ महानगरका प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका हुन् ।

‘चार गतेबाट लागू हुने गरी राजीनामा दिएँ,’ उनले अनलाइनखबरसँग भने, ‘३ गतेसम्म बहाल हुन्छ ।’उनी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन लड्ने गरी सक्रिय राजनीतिमा आउने तयारीमा छन् ।