काठमाडौँ उपत्यका छाड्नेको संख्या बढ्यो

यातायात व्यवस्था विभागले चाडपर्वलाई मध्यनजर गर्दै यातायात सेवालाई प्रभावकारी बनाउनका लागि सबै तयारी भएको जनाएको छ। मंगलबार यातायात विभागमा यातायात व्यवसायी लगायत सरोकारवाला निकायसँगको छलफलका क्रममा विभागका महानिर्देशक राजीव पोखरेलले चाडपर्वमा सुरक्षित यात्रा गराउनका लागि विभागका तर्फबाट सबै तयारी भएको बताएका हुन्। उनले सडक क्षेत्रको सुशासन कायम गरेर यात्रुहरूलाई सुरक्षित साथ गन्तव्यतर्फ पुराउनका लागि सबै […]
पार्टीको नयाँ कार्यालय भवन अझै भव्य बनाइन्छः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीको नयाँ कार्यालय भवन अझै भव्य बनाइने बताउनुभएको छ । मंगलवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडा अनुगमनका लागि पुग्नुभएका अध्यक्ष दाहालले यस्तो घोषणा गर्नुभएको हो । उहाँले पार्टी कार्यालयमा ठूलो क्षति पुगेको तर सिंगो पार्टी पंक्ति, देशभित्र र बाहिरका सबै पार्टी सदस्यहरुको सहयोगमा भव्य भवन बनाइने बताउनु भयो […]
जनार्दनले मागे प्रचण्डको राजीनामा

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले १६ बुँदे प्रस्ताव अघि सार्दै अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को राजीनामा मागेका छन्। उनले जेनजी आन्दोलनको संश्लेषण र आगामी बाटोबारे राखेको प्रस्तावमा अध्यक्षबाट प्रचण्डको राजीनामा माग गरिएको उल्लेख छ। ‘पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा दिनुपर्छ,’ उपमहासचिव शर्माले भनेका छन्। उपमहासचिव शर्माले यी प्रस्तावबारे पार्टीभित्र छलफल चलाउन सुरू गरेको उनीनिकट […]
आयोगले सुरु गर्यो निर्वाचनको प्रारम्भिक तयारी

प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन आयोगले प्रारम्भिक तयारीका काम सुरु गरेको छ। यसअघि आगामी कात्तिक १७ गतेका लागि निर्धारित रुपन्देही निर्वाचन क्षेत्र नं-३ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द गरी मध्यावधि निर्वाचनका लागि आयोगले प्रारम्भिक तयारी सुरु गरेको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन घोषणासँगै सरकारसँगको औपचारिक […]
चुरियामाई मन्दिरनजिकै सेना चढेको ट्रक दुर्घटना, करिब १२ जना घाइते

मकवानपुर र बाराको सिमाना महेन्द्र राजमार्गअन्तर्गत चुरियामाई सडकखण्डमा नेपाली सेना चढेको ट्रक दुर्घटना भएको छ । दुर्घटनामा १२ जना घाइते भएको प्रारम्भिक जानकारी आएको छ । प्रत्यक्षदर्शीका अनुसार ट्रक जिप अनियन्त्रित भई सडकबाट ५० मिटर तल खसेको छ । दुर्घटनामा परेका सेनाको उद्धार गरेर उपचारका लागि हेटौँडातर्फ लगिँदै गरेको मकवानपुर प्रहरीले जनाएको छ । ट्रक […]
गण्डकीका मुख्यमन्त्री पाण्डेद्धारा जेन्जी आन्दोलनमा भएको क्षतिको निरीक्षण

जेनजी पुस्ताको आन्दोलनका क्रममा पोखरामा भएको क्षतिको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निरीक्षण गरेका छन् । भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको क्षतिको मंगलबार आज मुख्यमन्त्री पाण्डेले निरीक्षण गरेका हुन् । उनले प्रदेशका सबै मन्त्रालय, प्रदेश सभा र जिल्ला स्थित विभिन्न कार्यालयहरूको निरीक्षण गरेका छन् । आन्दोलनका समयमा उनी युनाइटेड अरब इमिरेट्स थिए […]
शेरबहादुर र आरजु देउवा दुवैको गर्धनमा चोट, अझै एक साता अस्पतालमै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी तत्कालीन परराष्ट्र मन्त्री आरजु राणामाथि घरभित्रै पसेर भदौ २४ गते प्रदर्शनकारीहरूले कुटपिट गरे। बूढानीलकण्ठस्थित घरभित्रै पसेर प्रदर्शनकारीहरू सभापति देउवा र आरजुमाथि जाइलागेका थिए। प्रदर्शनकारीहरूले सभापति देउवा दम्पतीमाथि कुटपिट र लछारपछार गरेको भिडिओ सामाजिक सञ्जाल टिकटक र फेसबुकमा देख्न सकिन्छ। भिडिओहरूमा देखिएअनुसार प्रदर्शनकारीहरू सभापति देउवाको घरभित्र छिरेर सभापति […]
युएईले नेपालीलाई भिजिट भिसा अनौपचारिक रूपमा रोक्यो

संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाली नागरिकलाई भिजिट भिसा दिन रोक लगाएको छ । पछिल्लो केहिदिनयता भिजिट भिसा दिन रोक लगाएको हो । यूएईस्थित नेपाली राजदूतावासले औपचारिक रोक लगाएको विषयमा जानकारी नआएपछि अनौपचारिक रूपमा रोकिएको जानकारी आएको जनाएको छ । युएईले यसबारे सार्वजनिक सूचना जारी गरेको छैन । तर भिसा सेवा प्रदान गर्ने प्रदायक संस्थाहरूले दिइएको […]
भोलि सार्वजनिक बिदा

सरकारले बुधबार (असोज १ गते) शोक दिवस मनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जेन-जी आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति शोक मनाउने निर्णय गरेको हो । उक्त दिन सार्वजनिक बिदा दिने निर्णय पनि सरकारले गरेको छ । आन्दोलनमा ज्यान गुमाएकालाई सहिद घोषणा गर्दै उनीहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय पनि गरिएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी […]
मंगलवार यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी ‘बुलेटिन’का अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनुका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागका केही स्थान र बाँकी भू–भागका केही […]