पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नवनियुक्त सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह तथा नवनियुक्त माननीय मन्त्रीज्यूहरूलाई पदभार ग्रहण गर्नुभएकोमा हार्दिक बधाई दिनुभएको छ।
मेयर आचार्यले देशले दिगो, स्थायी र आशामुखी सरकार पाएको उल्लेख गर्दै नयाँ नेतृत्वले सुशासन, विकास र समृद्धिको दिशामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
आफ्नो फेसवुकवालमा लेख्नुभएको छ, “म सम्पूर्ण पोखरेली नागरिकहरूको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यू तथा मन्त्रीपरिषद्लाई पुनः हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दछु।”