
काठमाडौं– आजदेखि पदभार ग्रहण गरेका प्रधानमन्त्री बालेन शाहलाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन्।
मोदीले सामाजिक सञ्जाल एक्समार्फत बालेनलाई बधाई दिएका हुन्।
‘नेपालको प्रधानमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहलाई हार्दिक बधाई’, भारतीय प्रधानमन्त्री मोदीले भनेका छन्।
बालेनको नियुक्तिले नेपाली जनता उनको नेतृत्वमाथि राखेको विश्वास प्रतिबिम्बित गरेको बताएका मोदीले भनेका छन्,‘हाम्रा दुवै देशका जनताको पारस्परिक हितका लागि भारत–नेपाल मित्रता र सहकार्यलाई अझ उच्च स्तरमा पुर्याउन तपाईंसँग नजिकबाट सहकार्य गर्न म उत्सुक छु।’