प्रधानमन्त्री बालेनको उपस्थितिमा राष्ट्रपति पौडेलले १४ मन्त्रीलाई गराए शपथ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं– प्रधानमन्त्री बालेन शाहले आफ्नो क्याबिनेटका १४ मन्त्रीलाई शितल निवासमा शपथ गराएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलसँग शुक्रबार प्रधानमन्त्रीको शपथ लिएपछि बालेनले अन्य मन्त्रीलाई शपथ गराएका हुन्।

अर्थमन्त्री स्वर्णिम वाग्ले, गृह मन्त्री सुदन गुरुङ, परराष्ट्र मन्त्री शिशिर खनाल, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री सुनिल लम्साल, उर्जा, जलस्रोत तथा सिँचाई विराजभक्त श्रेष्ठले शपथ लिएका छन्।

यस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्डयनको जिम्मेवारी खड्क (गणेश) पौडेल, शिक्षा विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्रीमा सस्मित पोखरेल, स्वास्थ्य तथा जनसंख्या र खानेपानी मन्त्रालय मर्ज गरी निशा मेहता, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमल्सिनाले शपथ लिएका छन्।

यस्तै भूमी व्यवस्था सहकारी तथा गरिवि निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम, कृषि तथा पशुपक्षी विकास र वनता तथा वातावरण मन्त्री गीता चौधरी, श्रम रोजगार मन्त्रीमा दीपक शाह, महिला बालबालका तथा ज्येष्ठ नागरिक मन्त्रीको जिम्मा सीता वादीले शपथ लिएका हुन्।