
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार शाहलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएकाे हाे । राष्ट्रपति पौडेलले शुक्रबारै नवनियुक्त प्रधानमन्त्री शाहलाई पद तथा गाेपनीयताकाे सपथ ग्रहण गराउनुहुने भएकाे छ। गत भदौं २३ र २४ गतेको जेनजी आन्दोलन र त्यसैको जगमा फागुन २१ मा भएको निर्वाचनबाट करिब दुई तिहाई सिट जितेको रास्वपाले एकल बहुमतको सरकार बनाउन लागेको हो ।
राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार मध्यान्ह १२ बजेर ३४ मिनेटमा शाहलाई प्रधानमन्त्री पदको शपथ गराउने कार्यक्रम तय भएको छ । शपथ ग्रहण समारोहमा ७ वटा शंखबाट शखनाथ हुने, १ सय ८ जना बटुकहरुले स्वस्ती शान्ति वाचन गर्ने र १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ गरिने तालिका रहेको छ ।
त्यस्तै, शाहले शुक्रबार दिउँसो सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्नुहुने भएकाे स्राेतले जनाएकाे हाे ।