प्रज्ञा स्मृति राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता अर्को साता

१७ जेठ, काठमाडौं । प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा अर्को साता प्रज्ञा स्मृति प्रथम महिला तथा पुरुष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ । आयोजकले शनिबार काठमाडौंमा पत्रकार सम्मेन गर्दै शारीरिक सुगठन प्रतियोगिता यही जेठ २४ गते भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको हलमा हुने जानकारी दिएको हो । यसअघि तीन संस्करण साइकिलङ प्रतियोगिता आयोजना गरेको […]

कर्णालीका हिमालमा लेक लागेर ज्यान गुमाउनेको संख्या बढ्दै

यतिबेला कर्णालीका हिमाली गाउँहरू सुनसान छन् । विद्यालयहरू बन्द गरिएको छ भने पशुचौपाया समेत गाउँमा भेटिन छाडेका छन् । कर्णाली प्रदेशको डोल्पा, जुम्ला, हुम्ला र मुगु लगायत हिमाली जिल्लाहरूका नागरिक यार्सा गुम्बा सङ्कलनका लागि हिमाल उक्लिएपछि गाउँहरू रित्तिएका हुन् । जाजरकोट र रुकुम पश्चिमका माथिल्लो क्षेत्रका युवाहरू समेत यार्सा सङ्कलन गर्न डोल्पाली पाटनहरूमा जाने गरेका […]

फेवातालको सीमांकन कार्य सुरु: तीन तहका सरकारको संयुक्त पहलमा पिलर गाडियो

पोखरा, – फेवातालको संरक्षणका लागि बहुप्रतीक्षित सीमांकन कार्य आजदेखि विधिवत् रूपमा सुरु भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखर महानगरपालिकाका मेयर धनराज आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले संयुक्त रूपमा फेवातालको तालघर क्षेत्रमा सीमा स्तम्भ राख्ने कार्यको शुभारम्भ गर्नुभएको छ। शनिबार वाराही घाट, लेकसाइडमा आयोजित कार्यक्रममा तीनवटै तहका सरकारका प्रतिनिधि र सरोकारवालाहरूको […]

राजावादी आन्दोलनलाई सरकारले निषेध: सुदूरपश्चिम प्रदेश सभा सदस्य खेमा देवी बिष्टद्वारा कडा आपत्ति

पोखरा, – राजावादीहरूको पूर्वनिर्धारित आन्दोलनलाई सरकारले निषेधित क्षेत्र घोषणा गरेर दमन गर्न खोजेको भन्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय खेमा देवी बिष्टले कडा आपत्ति व्यक्त गरेकी छिन्। संयुक्त जनआन्दोलन समितिले जेठ १७ गतेका लागि तोकेको काठमाडौंको मुटु दरबारमार्गमाथिको आन्दोलनलाई सरकारले एकाएक निषेधित क्षेत्र घोषणा गरेपछि सरकारको नियतमाथि गम्भीर प्रश्नचिह्न खडा भएको छ। माननीय बिष्टले सरकारको […]

फेवाताल सीमांकनमा ऐतिहासिक कदम, व्यवसायीको अपिल– “अब सबै एकजुट हुनुपर्छ”

पोखराको फेवाताल संरक्षणको प्रयास अन्ततः व्यवहारिक चरणमा पुगेको छ। आजदेखि तालको सीमामा भौतिक रूपमा पिलर गाड्ने कार्य सुरु गरिने छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरका मेयर धनराज आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले संयुक्त रूपमा तीन तहका सरकारको प्रतिनिधित्व गर्दै पिलर गाडी सीमांकनको उद्घाटन आज गर्ने छन। यस अवसरमा पोखरा लेकसाइडका […]

फेवातालको फेरोमा आज पिलर गाडिँदै, अब सिमाना पोलले देखाउनेछ

पोखरा । पोखराको फेवाताल सीमामा आज भौतिक रूपमा पिलर गाडिँदै छ । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखराका मेयर धनराज आचार्य र कास्कीका सिडिओ भरतमणि पाण्डेले एकसाथ तीनै सरकारको प्रतिनिधित्व गर्दै पिलर गाड्न लागेका हुन् । शनिबार पहिलो पोल पाण्डेले, दोस्रो पोल मेयर आचार्य र तेस्रो पोल सिडिओ पाण्डेले गाड्ने तयारी छ । तालको पछिल्लो पटक […]

आजको मौसम पूर्वानुमान

पोखरा, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिम र मध्य भु–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधीकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ। महाशाखाका अनुसार कोशी प्रदेश,मधेश प्रदेश,बागमती प्रदेश, गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। […]

आज अमेरिकी डलर, युरो र पाउन्डको मूल्य बढ्यो, अस्ट्रेलियन डलरको घट्यो

पोखरा, नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलरसहितका केही मुद्रा भने सस्तिएका छन्। विगत दुई दिनसम्म लगातार घटेको युरोको मूल्य आज बढेको हो। आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा […]

नयाँपुल– हेम्जा सुरुङमार्ग निर्माण अघि बढाइने

पोखरा जेठ १६/ सरकारले मध्यपहाडी राजमार्गको नयाँपुल–हेम्जा खण्डमा सुरुङमार्ग बनाउने भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीवार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमा नयाँपुल–हेम्जा सरुङमार्गको काम अघि बढाइने उल्लेख गरे । सम्भाव्यता अध्ययन सम्पन्न भइसकेका सुरुङमार्ग निर्माणका लागि स्रोत सुनिश्चित गर्ने र निर्माण कार्यलाई अघि बढाउने योजनाअन्तर्गत नयाँपुल–हेम्जा पनि प्राथमिकतामा परेको […]

रुपन्देहीमा प्राङ्गारिक मल कम्पनीको उद्घाटन

रुपन्देहीको रोहिणीमा प्राङ्गारिक मल उद्योगको औपचारिक उद्घाटन भएको छ । उक्त उद्योगको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले मानव स्वास्थ्य र माटोको उर्वराशक्ति सुरक्षाका लागि प्राङ्गारिक मलको प्रयोग अपरिहार्य भएको बताए । प्रदेश सरकारले नीति तथा कार्यक्रममा सिङ्गो प्रदेशलाई प्राङ्गारिक बनाउने नीति अघि सारेको स्पष्ट पार्दै त्यसका लागि प्रवर्द्धनमुखी कार्यक्रम सञ्चालन गरिने बताए । रासायनिक मलको प्रयोगबाट […]