नेकपाले मेटमणिलाई टिकट दिएपछि पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी असन्तुष्ट

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेकपाले मेटमणिलाई टिकट दिएपछि पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी असन्तुष्टनेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले पार्टीको टिकट वितरणप्रति असन्तुष्टि जनाएका छन् । नेकपाले मेटमणि चौधरीलाई टिकट दिएपछि केसीको असन्तुष्टि बाहिर आएको हो ।

केसीले पार्टीभित्र आफ्ना पक्षमा अझै सम्भावना रहेको दाबी गर्दै अहिले पनि छलफल जारी रहेको बताएका छन् । उनले भने, “मलाई स्वतन्त्र रूपमा उम्मेदवार बन्नका लागि साथीहरूबाट दबाब आएको छ । तर पार्टीले अझैसम्म मेरो पक्षमा निर्णय गर्न सक्ने सम्भावना बाँकी नै छ । छलफल चलिरहेको छ ।”

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका केसी यसअघि २०७९ सालको निर्वाचनमा पनि उम्मेदवार बनेका थिएनन् । त्यतिबेला टिकट नपाएको उल्लेख गर्दै उनले यसपटक पनि सिफारिस भएको स्थानबाट टिकट नदिए स्वतन्त्र उम्मेदवारी दिने सम्भावना रहेको बताएका छन् ।