आजपा र पहिला देश अभियानबिच पार्टी एकीकरण

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

आजपा र पहिला देश अभियानबिच पार्टी एकीकरणआम जनता पार्टी (आजपा) र पहिला देश अभियानबीच पार्टी एकीकरण भएको छ ।

काठमाडौंको कोटेश्वरस्थित आजपा केन्द्रीय कार्यालयमा आइतबार पाँचबुँदे सहमतिसहित आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरणको घोषणा गरिएको हो । सहमतिपत्रमा आजपा अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साह र अभियानका संयोजक नन्दप्रसाद काप्रीले हस्ताक्षर गरेका छन् ।

सहमतिअनुसार २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा मोबाइल चुनाव चिह्नबाट निर्वाचनमा सहभागिता जनाइनेछ । सहमतिपत्रमा भनिएको छ, “आगामी २०८२ फागुन २१ गते सम्पन्न हुन गइरहेको संसदीय निर्वाचनमा आम जनता पार्टीको चुनावी अभियानलाई परिणाममुखी बनाउन पहिला देश अभियान र आम जनता पार्टीको नीति बमोजिम हुने सबै क्रियाकलापमा संयुक्त भूमिका खेल्ने समझदारी गर्दछौँ।”

यसैबीच, पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र माधवकुमार नेपाल सहसंयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरु आजपामा प्रवेश गरेका छन् । दैलेखका विद्या प्रसाद शर्मा र रुपन्देहीका राधेश्याम गुप्तासहितका नेताहरु आजपामा प्रवेश गरेको आजपा सचिवालय सदस्य सुभाष साहले जानकारी दिए ।

त्यसैगरी, जनमत पार्टीका केन्द्रीय सदस्य तथा मण्डल सेवा समाजका पूर्वअध्यक्ष पवनकुमार मण्डलले पनि आजपामा प्रवेश गरेका छन् । अध्यक्ष साहले टीका र माला लगाएर उनलाई पार्टीमा स्वागत गरेका थिए ।