बालेनले सम्हाले रास्वपा वरिष्ठ नेताको कार्यभार

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेताको कार्यभार सम्हालेका छन् ।

आइतबार बनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालय पुगेर उनले वरिष्ठ नेताको पदभार ग्रहण गरेका हुन् ।

यसअघि उनले आइतबारै काठमाडौं महानगरको मेयर पदबाट राजीनामा दिइसकेका छन् । राजीनामा दिएर उनी बनस्थली पुगेर घण्टी बजाएका थिए । उनीसँगै जेनजी अगुवा सुदन गुरुङ पनि घण्टीघर पुगेका थिए ।

घण्टीघरमा बालेनलाई स्वागत गर्न समर्थकको बाक्लो उपस्थिति रहेको थियो । उनलाई रास्वपा सभापति रवि लामिछानेले स्वागत गरेका थिए ।