जेनजी अभिन्यता सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने घोषणा गरेका छन् । गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत आइतबार उक्त जानकारी सार्वजनिक गरेका हुन् ।
पद, शक्ति वा व्यक्तिगत स्वार्थका कारण आफू रास्वपा प्रवेश गर्न नलागेको उनको भनाइ छ । जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट यो निर्णय आएको उनले उल्लेख गरेका छन् ।
उनले जनताले माग गर्दै आएको जवाफदेहिता, स्पष्ट दिशा र नतिजामुखी कार्यलाई अब संस्थागत रूपमा अघि बढाउने समय आएको बताएका छन् ।
गुरुङले रास्वपामार्फत जनहितलाई पहिलो प्राथमिकतामा राखिने, युवाको विश्वास सुरक्षित गरिने र परिवर्तनलाई स्थायी बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले यो राजनीतिक यात्रा जनतासँगै अघि बढ्ने पनि बताएका छन् । उनले सुदनले गोरखा- १ बाट चुनाव लड्ने तयारी गरेका छन् ।