स्पष्टीकरणमा परे काठमाडौँ महानगर प्रहरी बलका प्रमुख पाण्डे

काठमाडौँ महानगरपालिका प्रहरी बलका प्रमुख राजुनाथ पाण्डे प्रष्टीकरणमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुराराईंले उनलाई स्पष्टीकरण सोधेका हुन् । पाण्डेले आफूलाई स्पष्टीकरण आएको स्वीकारे पनि यसबारेमा थप बोल्न चाहेनन् । मंगलबार रातोपाटीसँग उनले भने, ‘यस विषयमा म केही बोल्दिनँ । बाँकी आफैँ बुझ्नुस् ।’ केही अघि गुरागाईं आफ्नो जिम्मेवारी सम्हाल्न महानगर जाँदा अवरोध […]
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाकोसमेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी, बाग्मती र सुदूरपश्चिम प्रदेशका […]
बढ्यो अमेरिकी डलरको भाउ, अरू मुद्राको कति?

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर भाउ थोरै बढेको छ। बुधबार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३२ पैसा कायम भएको छ। मंगलबार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९५ पैसा थियो। […]
जेष्ठ १५ मा पोखरा युवा नेतृत्वको केन्द्र? नेकपा एसको नजर नयाँ पुस्तामा

पोखरा, – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पोखरा महानगरपालिकाको पहिलो अधिवेशन जेष्ठ १५ गते हुने भएको छ। संगठन निर्माण, वैचारिक सुदृढीकरण र नेतृत्व रूपान्तरणका दृष्टिले यो अधिवेशन निर्णायक बन्ने अपेक्षा गरिएको छ। विशेषगरी पार्टीले नयाँ पुस्ताको सहभागिता र नेतृत्व विकासमा दिएको जोडका कारण यो अधिवेशनले युवाप्रति पार्टीको दृष्टिकोण पनि प्रस्ट पार्नेछ। नेकपा एस पोखरा महानगर […]
कञ्चनपुरमा मेलमिलापका माध्यमबाट विवाद टुङ्ग्याइँदै

शुक्लाफाँटा नगरपालिकाको न्यायिक समितिले मेलमिलापका माध्यमबाट विवादको टुङगो लगाउँदै आएको छ । चालु आर्थिक वर्षमा न्यायिक समितिमा दर्ता भएका १५ विवादमध्ये ११ वटा विवाद मेलमिलापको माध्यमबाट छिनोफानो गरिएको छ । दर्ता भएकामध्ये चारवटा विवाद विचाराधीन अवस्थामा रहेका छन् । आर्थिक वर्ष २०८०/८१ मा ३३ वटा विवाद दर्ता भएकामा ३१ मा मेलमिलापको माध्यमबाट टुङ्ग्याइएको थियो । आर्थिक […]
कास्कीको सिनुवा केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प

मंगलबार दिउँसो कास्कीको सिनुवा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिउँसो १ बजेर ५९ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि गरेको हो। भूकम्पको धक्का कास्कीसहित तनहुँ, बागलुङ, पर्वतलगायतका जिल्लामा महसुस भएको बताइएको छ ।
भारत वा अमेरिकाले नेपालमा राजतन्त्र ल्याउने प्रयास गरेको भए लडाईं हुन्छ : बिजुक्छे

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अहिले नेपालमा राजा ल्याउनु नहुने भनाइ राखेका छन् । मंगलबार भक्तपुरमा आयोजित एक कार्यक्रमपछि कुरा गर्दै उनले नेपालमा अहिले राजतन्त्र ल्याउन नहुने बताएका हुन् । संवैधानिक राजतन्त्र नमानेकाले नै तत्कालीन राजा ज्ञानेन्द्र शाह राजाबाट हट्नुपरेको उनले बताए । भारत वा अमेरिकाले नेपालमा राजतन्त्र ल्याउने प्रयास गरेको खण्डमा देशमा […]
विश्व पौडेललाई गभर्नर बनाउने सहमति

नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त हुने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर नियुक्त गर्नेगरी सहमति जुटेको स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ । लामो रस्साकस्सीबीच मंगलबार बिहान उनीहरूबीच सहमति जुटेको हो । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. विश्वनाथ पौडेल यसअघि गभर्नर सिफारिस समितिमा थिए । […]
नेकपा (एकीकृत समाजवादी) पोखरा महानगर कमिटीद्वारा महानगर प्रमुखलाई मागपत्र पेस

पोखरा, – नेकपा (एकीकृत समाजवादी) पोखरा महानगर कमिटीले आज पोखरा महानगर प्रमुख धनराज आचार्य, उप-प्रमुख मञ्जु देवी गुरुङ र प्रमुख प्रशासन अधिकृत शिवराज चौलागाईंलाई भेटेर मागपत्र बुझाएको छ। महानगर कमिटीका अध्यक्ष प्रेम थापा र सचिव सुरज अधिकारीसहितको टोलीले पेस गरेको मागपत्रमा पोखरा महानगरभित्रका विकास निर्माण, जनजीविका, उत्पादन, रोजगार तथा सुशासन लगायतका महत्वपूर्ण विषयहरू समेटिएको छ। […]
बस र टिप्पर आपसमा ठोक्किँदा ७ जना घाइते

यात्रुवाहक बस र टिप्पर आज बिहान तनहुँ बन्दिपुर-४ गोरे चौतारा स्थित पृथ्वी राजमार्गमा ठोक्किएका छन् । रुकुम पश्चिमबाट काठमाडौँ तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१५२ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा. प्र.०१-००१ अ-यो ००२७ न.को टिप्पर एक आपसमा ठोक्किएका हुन् । सो दुर्घटनामा सात जना घाइते भएका छन् । घाइतेहरूको लक्ष्मी अस्पताल […]