युएईले नेपालीलाई भिजिट भिसा अनौपचारिक रूपमा रोक्यो

संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाली नागरिकलाई भिजिट भिसा दिन रोक लगाएको छ । पछिल्लो केहिदिनयता भिजिट भिसा दिन रोक लगाएको हो । यूएईस्थित नेपाली राजदूतावासले औपचारिक रोक लगाएको विषयमा जानकारी नआएपछि अनौपचारिक रूपमा रोकिएको जानकारी आएको जनाएको छ । युएईले यसबारे सार्वजनिक सूचना जारी गरेको छैन । तर भिसा सेवा प्रदान गर्ने प्रदायक संस्थाहरूले दिइएको […]
भोलि सार्वजनिक बिदा

सरकारले बुधबार (असोज १ गते) शोक दिवस मनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जेन-जी आन्दोलनमा ज्यान गुमाएकाहरूप्रति शोक मनाउने निर्णय गरेको हो । उक्त दिन सार्वजनिक बिदा दिने निर्णय पनि सरकारले गरेको छ । आन्दोलनमा ज्यान गुमाएकालाई सहिद घोषणा गर्दै उनीहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय पनि गरिएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी […]
मंगलवार यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहनुका साथै अरब सागर तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी ‘बुलेटिन’का अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनुका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागका केही स्थान र बाँकी भू–भागका केही […]
मन्त्री बन्ने चर्चाकाबिच सन्दुक रुइतले भने– मेरो साधना अन्धोपन निवारण हो

बरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतले आफ्नो साधना नै अन्धोपन निवारण रहेको बताएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम सरकारमा मन्त्री बन्ने चर्चाबिच साेमबार रुइतको यस्तो भनाई आएको हो । उनले भने,’मेरो साधना नै अन्धोपन निवारण हो । मलाई हरेक राजनीतिक उथलपुथलपछि कुनै न कुनै पदमा बसेर नेतृत्व गरिदिनका लागि अनुरोध आउने गरेको छ । […]
पोखराका मेयरको घरमा आगो लगाएको आरोपमा रास्वपा नेता निलम्बित

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको घरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताले आगो लगाएको खुलेको छ । जेनजी आन्दोलनका क्रममा न्युरोडस्थित पोखरा महानगरको कार्यालय जलाएपछि एक समूह मेयरको घरमा तोडफोड गर्न पुगेको थियो । सोही रात मेयरको घरमा आगजनी भएको हो । सामाजिक सञ्जालमा देखिएको भिडियोमा मेयर आचार्यको घरमा आगो लगाउने कार्यमा रास्वपाका पोखरा वडा १० […]
चाडपर्व लक्षित सुपथ मूल्यका पसल आजदेखि सञ्चालनमा

सरकारले सोमबारदेखि चाडपर्वलक्षित सुपथ मूल्यका पसल सञ्चालन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका दुई व्यापार कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले देशैभरीका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेका हुन् । साेही पसलबाट दैनिक उपभोग्य वस्तुमा प्रतिकिलो २ रुपैयाँदेखि १० रुपैयाँसम्म छुट दिने जनाइएको छ । […]
तलब, भत्ता र सुविधा बापत आउने सबै रकम शहीद कोषलाई दिने ऊर्जामन्त्री घिसिङकाे घाेषणा

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक तथा शहरी विकास मन्त्री कुलमान घिसिङले तलब, भत्ता र सुविधा बापत आउने सबै रकम जेनजी आन्दोलनमा शहीद भएका नाममा खडा हुने कोषलाई दिने बताउनुभएकाे छ। सिंहदरबारमा सोमबार पदभार ग्रहण गर्दै उहाँले असामान्य परिस्थितिमा आफू मन्त्री बनेको हुँदा पदमा बसेर पाउने सबै रकम कोषलाई दिने निर्णय गर्नुभएकाे हाे । सरकारबाट […]
नेतृत्व परिवर्तन र Gen Z आन्दोलन : नेकपा (एकीकृत समाजवादी) का लागि चुनौती र अवशर

हालै नेपालमा देखिएको “Gen Z आन्दोलन” केवल सरकार वा दल विशेषविरुद्धको असन्तुष्टि मात्र होइन, यो प्रणालीगत रूपमा जरा गाडेको भ्रष्टाचार, अकर्मण्यता र जवाफदेहिताको कमीविरुद्धको आवाज हो। लामो समयदेखि एउटै अनुहारहरू पालैपालो प्रधानमन्त्री, मन्त्री वा मुख्यमन्त्री बनेर “म्युजिकल चेयर” जस्तै सत्ता सञ्चालन गर्दै आएको व्यवस्थाप्रति युवा पुस्ताले घोर असन्तुष्टि व्यक्त शगरेको छ। युवाहरूले चाहेको परिवर्तन केवल […]
बुधबारदेखि सेयर बजार खुल्ने

पर्सि बुधबारदेखि सेयर बजार खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डसँगको परामर्शपछि नेपाल स्टक एक्सचेन्जले पर्सि बुधबारदेखि नै बजार फेरि सञ्चालन गर्ने भएको हो । यसबारे नेप्सेलाई सूचना पठाइने र नेप्सेले नै सार्वजनिक गर्नेछ । यसअघि असोज २ गतेसम्म कारोबार बन्द गर्ने भनी नेप्सेले सूचना जारी गरे पनि अर्को निर्णय भएसँगै सो खारेज भएको छ […]
नाइजेरियामा जन्ती बस दुर्घटना हुँदा १९ जनाको मृत्यु

नाइजेरियामा जन्ती बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । नाइजेरियाको उत्तरी क्षेत्रमा विवाहमा सहभागी भई फर्किएको ‘जन्ती बस’ नदीमा खस्दा कम्तीमा १९ जना महिला र बालबालिकाको मृत्यु भएको युनियनका एक अधिकारी र बासिन्दाले आइतबार जानकारी दिएका छन्। शनिवार साँझ आंशिक रूपमा भत्किएको पुलमा चालकले बस रोकेको तर पछि बस गुडेर नदीमा खसेका यातायात […]