लामिछानेविरुद्धको अभियोग फिर्ता विवाद : आज पनि सुनुवाइ हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमा आज पनि सुनुवाइ हुँदैछ। आइतबारदेखि यो रिटमाथि सर्वोच्च अदालतमा नियमित सुनुवाइ सुरू भएको हो। न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको इजलासमा यो रिटमाथि सुनुवाइ हुँदै आएको छ। आइतबार र सोमबार बहस नसकिएपछि रिट […]

दुई घण्टापछि खुल्यो यूएईको आकाश मार्ग

  संयुक्त अरब इमिरेट्स (यूएई)ले करिब दुई घण्टासम्म बन्द गरेको आफ्नो आकाश मार्ग (एयरस्पेस) मंगलबार पुन: खुला गरेको छ । अमेरिका र इजरायलसँग जारी द्वन्द्वको तेस्रो सातामा पनि इरानले मिसाइल र ड्रोन आक्रमण जारी राखेपछि सुरक्षा सावधानीस्वरूप यूएईले अस्थायी रूपमा एयरस्पेस बन्द गरेको थियो । यूएईको रक्षा मन्त्रालयका अनुसार सोमबारसम्म वायु प्रतिरक्षा प्रणालीले ३ सयभन्दा […]

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै वडाका बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ । पालिकाको नौवटै वडामा स्वास्थ्यकर्मी परिचालन गरी १० देखि १९ वर्ष उमेर समूहका पाँच हजार ६५६ जनालाई खोप लगाइएको हो । ढोरपाटन नगरपालिका–७, ८ र ९ का विभिन्न गाउँमा दादुरा सङ्क्रमित फेला परेपछि खोप अभियान सुरु गरिएको हो । गत […]

क्युबामा मैले चाहेको गर्न सक्छु: ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबाप्रति आक्रामक अभिव्यक्ति दिँदै आफूले उक्त देशमा जे चाह्यो त्यही गर्न सक्ने टिप्पणी गरेका छन् । सोमबार ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले  भविष्यमा क्युबामाथि कडा कदम चाल्न सक्ने संकेत दिए । ‘म त्यसलाई मुक्त गरूँ वा लिऊँ—म जे चाहे त्यही गर्न सक्छु,’ उनले भने । अमेरिकी प्रतिबन्धका […]

इन्धन बचाउन बुधबार सार्वजनिक बिदा दिने श्रीलंकाको घोषणा

इन्धन बचत गर्न श्रीलंकाले प्रत्येक बुधबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ । मध्यपूर्वमा जारी इरान र इजरायल–अमेरिकी द्वन्द्वको असरले ऊर्जा आपूर्तिमा अनिश्चितता बढेपछि यस्तो निर्णय गरिएको हो । ‘हामीले सबैभन्दा खराब अवस्थाको तयारी गर्नुपर्छ, तर राम्रो हुने आशा राख्नुपर्छ,’ राष्ट्रपति अनुरा कुमार दिसानायकेले सोमबार उच्चस्तरीय आपतकालीन बैठकपछि देशलाई सम्भावित इन्धन संकटका लागि तयार रहन […]

पैसाको सदुपयोग गर्न जान्नुपर्छ: गभर्नर पौडेल

नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले पैसाको सदुपयोग गर्न जान्नुपर्ने बताउनुभएको छ । काठमाडाैंमा सोमबार आयाजित एक कार्यक्रमलाई सम्बोधन गदै उहाँले पैसाको सदुपयोग गर्न नजान्दा धेरै अप्ठ्यारो पर्न सक्ने बताउनुभएको हो । बैंकबाट लिएको ऋणको सदुपयोग नगरी अन्यत्र खर्च गर्दा कालोसूचीसम्ममा पर्ने र त्यसले पुस्तालाई ठूलो अप्ठ्यारो पर्ने गरेको गभर्नर पौडेलले बताउनुभयो । गभर्नर पौडेलले […]

रास्वपा सभापति लामिछानेको मुद्दा फिर्ता प्रकरणमा सर्वोच्चमा आज पनि सुनुवाइ

  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरणमा सर्वोच्च अदालतमा मंगलबार पनि सुनुवाइ हुने भएको छ । सभापति लामिछानेमाथि लागेको सहकारी ठगीसँगै दायर भएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ता लिने निर्णयविरुद्धको रिटमा मंगलबार पनि सर्वोच्च मा सुनुवाइ हुने भएकाे हाे। सर्वोच्चका न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा […]

१६ वटा औषधि पसल निलम्बनमा

नेपालगन्ज- औषधि व्यवस्था विभाग, नेपालगन्जले आठ महिनाको अवधिमा १६ औषधि पसललाई निलम्बन गरेको छ । निलम्बनमा परेकामध्ये ११ औषधि पसल बाँकेका र पाँच औषधि पसल कैलालीका रहेका छन् । औषधि व्यवस्था विभाग, नेपालगन्जका सूचना अधिकारी दीपा पौडेलका अनुसार आर्थिक वर्ष २०८३/८३ को साउनदेखि फागुनसम्मको अवधिमा ती पसललाई निलम्बन गरेर कारबाही गरिएको हो । अनुगमनका क्रममा व्यवसायी […]

एन्फाको निर्णयविरुद्ध ए डिभिजन क्लबहरूको प्रदर्शन

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले एकलौटी तवरले सहिद स्मारक ए डिभिजन लिगको मिति तय गरेको भन्दै ए डिभिजन क्लबहरू आन्दोलित भएका छन् । एन्फा र क्लबहरूबीच यसअघि भएको सहमति कार्यान्वयन गर्नुको साटो एकलौटी तवरले ए डिभिजन लिगको मिति तय गरेको भन्दै ए डिभिजन क्लवहरुले सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा प्रदर्शन गरेका हुन् । प्रदर्शनसहित एन्फा […]

इनिशा विक हत्या प्रकरण : दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

  इनिशा विक हत्यासम्बन्धी घटनाको शीघ्र छानबिन गरी संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न पीडित परिवारले माग गरेको छ । पीडित परिवारका तर्फबाट इनिशा विकका दाइ चन्द्रबहादुर विक र तपेन्द्र विकले आज गृहमन्त्री ओमप्रकाश अर्याललाई भेट गरी घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कानुनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउन आग्रह गरेका हुन् । साथै, यस्ता प्रकारका महिला […]