एकै मञ्चमा देखिँदै ओली, प्रचण्ड र माधव नेपाल

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका सह-संयोजक माधवकुमार नेपाल आज (आइतबार) एकै मञ्चमा देखिँदै छन्।

जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा उनीहरू एकै मञ्चमा देखिन लागेका हुन्। उनीहरू सँगै झलनाथ खनाल तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पनि हुन् छन्।

कार्यक्रमको प्रमुख अतिथिको रूपमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने छिन्। कार्यक्रममा ओली, प्रचण्ड, नेपाल, खनाल र यादवले सम्बोधन गर्ने छन्।

विशेषगरी एमाले अध्यक्ष ओली र नेकपाका सह-संयोजक माधव नेपाल लामो समयपछि एउटै मञ्चमा देखिने भएका हुन्।

मदन भण्डारी फाउन्डेसनले आज दिउँसो १ः३० बजे राष्ट्रिय सभागृहमा ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’ आयोजना गरेको छ।