फिफा विश्वकप : अस्ट्रियासँग अल्जेरियाले बनायो बराबरी गोल

फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा अल्जेरियाले अस्ट्रियालाई गोल फर्काएको छ। सुरुवाती अग्रता लिएको अस्ट्रियाविरुद्ध अल्जेरियाका रफिक बेलघालीले खेलको ४५औं मिनेटमा गोल गर्दै बराबरी बनाएका हुन्। कान्सास सिटी रंगशालामा जारी खेलको २८औं मिनेटमा मार्को अर्नाटोभिकले पहिलो गोल गरेर अल्जेरियाविरुद्ध अस्ट्रियाको सुरुवाती अग्रता बनाएका थिए। समूह जेको यो खेलमा अल्जेरिया र अस्ट्रिया १-१ गोलले बराबरीमा खेलिरहेका छन्।
भेनेजुएला भूकम्पमा मृत्यु हुनेको संख्या ९२० पुग्यो

भेनेजुएलाको भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ । बुधबार साँझ गएका दुई शक्तिशाली भूकम्पमा घाइते हुनेको संख्या तीन हजार ३६२ पुगेको छ । राजधानी काराकास र वरपरका क्षेत्रमा थुप्रै भवन भत्किएकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण गर्ने संस्था युएसजिएसका अनुसार बुधबार साँझ काराकासबाट लगभग २८४ किलोमिटर पश्चिममा रहेको सान फेलिपनजिकै ७.२ म्याग्निच्युडको […]
एकै मञ्चमा देखिँदै ओली, प्रचण्ड र माधव नेपाल

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका सह-संयोजक माधवकुमार नेपाल आज (आइतबार) एकै मञ्चमा देखिँदै छन्। जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा उनीहरू एकै मञ्चमा देखिन लागेका हुन्। उनीहरू सँगै झलनाथ खनाल तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पनि हुन् छन्। कार्यक्रमको […]