महिला यात्रुलाई हैरानी पार्ने इनड्राइभ र याङ्गो राइडर पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

महिला यात्रुलाई हैरानी पार्ने इनड्राइभ र याङ्गो राइडर पक्राउमहिला यात्रुलाई फोन र म्यासेज गरेर हैरानी पार्ने दुई जना राइड सेयरिङ चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा इनड्राइभ चालक सिन्धुलीको सुनकोशी गाउँपालिका घर भएर ललितपुर बस्दै आएका २९ वर्षीय आशिष भण्डारी र याङ्गो चालक कैलालीको गोदावरी नगरपालिका–३ घर भएर अनामनगर बस्ने २४ वर्षीय नरेश बिक छन्।

आइतबार उनीहरूलाई ललितपुरबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी (एसपी) नरेश सुवेदीले रातोपाटीलाई बताए।

इनड्राइभ ट्याक्सी चलाउने भण्डारीले आफ्नो सवारीमा यात्रा गर्ने महिलाहरूलाई फोन र म्यासेज गरेर हैरान पार्ने गरेको थाहा भएको छ । उनले आफ्नो ट्याक्सीमा अनधिकृत रूपमा कालो सिसा राखेर चलाउने गरेको भेटिएको एसपी सुवेदीले बताए । उनले भने, ‘महिला यात्रुलाई अन्य सवारीमा राखेर समेत उनले अन्यत्र लैजाने गरेको पीडितको आरोप छ ।’

आरोपीहरूमाथि थप अनुसन्धान गरेर मुद्दा प्रक्रिया अघि बढाउन ट्राफिकले उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुरमा पठाएको छ।