नेकपा एस माछापुच्छ्रे को अधिवेशन सम्पन्न, पौडेलको नेतृत्वमा नयाँ कमिटी

नेकपा एकिकृत समाजवादी माछापुच्छ«े गाउ कमिटीको प्रथम अधिवेशन शनिवार सम्पन्न भएको छ । अधिवेसनले सुजन पौडेलको अध्यक्षतामा १५ सदस्यीय कमिटी चयन गरेको छ कमिटीको उपाध्यक्षमा लक्ष्मी पौडेल सचिवमा नवराज लम्साल, उप–सचिवमा अनिता शाही चयन भएका छन् । त्यसै गरि कमिटीको सदस्यहरुमा सदस्यहरूमा सन्दिप भूजेल,समिर दाहाल, सीता नेपाली, हरि पौडेल,हरि शाही,रामजी पौडेल,सीता सुनार,वविता लामिछाने,किरण पोख्रेल,बाबु नेपाली […]
यी ठाउँमा भारी वर्षा हुने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको बताएको छ। तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम चलिरहेकाले केही ठाउँमा भारी वर्षाको सम्भावना पनि औंल्याएको छ। आइतबार देशभर साधारणतया बदली रहनेछ। मधेस प्रदेश लगायत कोशी र बागमती प्रदेशको तराई र पहाडी भू–भाग तथा […]
भारतीय विदेश सचिव भोलि काठमाडौं आउँदै

भारतका विदेश सचिव विक्रम मिश्री भोलि नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै उनको नेपाल भ्रमणबारेर जानकारी गराएको छ । नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवा लगायतलाई भेट्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको तयारीका सन्दर्भमा विदेश सचिव […]
रुसद्वारा युक्रेनमाथि ८५ ड्रोन र मिसाइल आक्रमण

रुसले गत राति युक्रेनमाथि ठूलो मात्रामा हवाई आक्रमण गर्दै ८५ वटा आत्मघाती ड्रोन र एकवटा ‘इस्कान्दर–एम’ प्रकारको बेलिस्टिक मिसाइल प्रहार गरेको युक्रेनी वायु सेनाले जनाएको छ । यी आक्रमणहरू अगस्त १५ को साँझदेखि सुरु भई रातभर जारी रहेको थियो । युक्रेनका अनुसार, राजधानी किभलगायत चारवटा अग्रपंक्ति क्षेत्रहरू लक्षित गरिएका थिए । युक्रेनी वायु सुरक्षाले तीमध्ये […]
दोस्रो खेलमा नेपाल फिल्डिङ गर्दै

अस्ट्रेलियाको डार्विनमा चलिरहेको टप एन्ड टी-२० शृंखलाको आफ्नो दोस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले बंगलादेश ‘ए’ विरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । मरारा क्रिकेट ग्राउण्ड २ मा बंगलादेशका कप्तान नुरुल हसनले टस जितेर ब्याटिङको निर्णय लिए । दुवै टोली पहिलो जितको लक्ष्यमा छन् । यसअघि नेपालले स्थानीय क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ […]
रास्वपा सभापति रवि लामिछानेलाई नक्खु कारागारमा सरुवा

रास्वपा सभापति रवि लामिछानेलाई नक्खु कारागारमा सरुवा गर्ने निर्णय गरिएको छ। कारागार विभागका सूचना अधिकारी सन्देश प्रसाद जोशीका अनुसार लामिछानेले स्वयं निवेदन दिएको आधारमा उनी नक्खु कारागार सरुवा हुने भएका हुन्। हाल उनी पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा रहेका छन्। विभागको पत्र जिल्ला कारागारमा पुगिसक्दा अब उनी त्यहाँबाट सरुवा गरिनेछ। जोशीले भने, “उहाँले लिखित रूपमा नक्खु […]
सबै धर्म, संस्कृति र परम्पराको संरक्षणमा महानगर प्रतिबद्ध छ: मेयर आचार्य

सताब्दि लामो इतिहासको बोकेको नेवारी संस्कृतिमा आधारित ताया: मचा नृत्य पोखराको शिशुवामा प्रदर्शन भइरहेको छ । पोखरा महानगर क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले यसलाई सांस्कृतिक उत्सवका रूपमा विगत लामो समयदेखि मनाउँदै आइरहेका छन् । नेवा खाल कास्कीको आह्वानमा नेवा: खल: शिशुवाले २६ औँ संस्करणको सामूहिक नृत्य प्रतियोगिता संयोजन गरिरहेको छ । प्रतियोगिताले कला, संस्कृतिको संरक्षण […]
“पोखरा–बुटवल यात्रा ६ घण्टाबाट २.५ घण्टामा, सिद्धार्थ राजमार्ग स्तरोन्नति योजना अघि बढ्दै”

२०२२ सालमा निर्माण सुरु भई २०२८ सालमा पोखरासम्म जोडिएको सिद्धार्थ राजमार्ग सुधार परियोजना अन्तरगत स्तरोन्नतिको क्रममा रहेको छ । यसका लागि नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) प्रतिवेदन सार्वजनिक गरी सुझाव समेत माग गरिसकेको छ । यस परियोजनामा काम गर्नका लागि एसिया इन्फास्ट्रक्चर इन्भेस्टमेन्ट बैक (एआइआइबी) ले चासो देखाएको छ […]
जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशको सरुवा

न्यायपरिषद्ले जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशहरूको सरुवा गरेको छ । आज (शुक्रबार) को न्यायपरिषद् बैठकले ८८ जना उच्च अदालतका न्यायाधीश र ११२ जना जिल्ला न्यायाधीशको सरुवा गरेको हो । विशेष अदालतका अध्यक्ष र ४ जना सदस्यहरु सरुवा भएका छन् । उच्च अदालत पाटन दरबन्दी भई विशेष अदालतको अध्यक्षमा काजमा रहेका न्यायाधीश टेकनारायण कुँवरलाई उच्च […]
टप एण्ड टी-२० सिरिज : नर्दन टेरिटोरीसँग नेपाल ४२ रनले पराजित

टप एण्ड टी-२० सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग ४२ रनले पराजित भएको छ । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा स्ट्राइकले दिएको रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सक्यो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ रन बनाए । कुशल भुर्तेल ८, आसिफ शेख ११, लोकेश बम […]