मुस्ताङमा कांग्रेसका उम्मेदवार थकाली विजयी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडाैं । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुस्ताङबाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित हुनुभएकाे छ।

उहाँले कूल ३ हजार ९ सय ९२ मत प्राप्त गर्दै विजयी भएका हुनुभएकाे हाे। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्रधरा विष्टले १ हजार ८ सय ६ मत प्राप्त गर्नुभएकाे छ । याेससँगै विष्ठले तुलाचनलाई १८ सय ६ मतान्तरले पराजित गर निर्वाचन अधिकृतका अनुसार मुस्ताङको एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा भएको प्रतिस्पर्धामा अन्य उम्मेदवारहरू भने निकै पछि परेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका अधितिय चन्द्र थकाली ७ सय ५९ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवीणकुमार शेरचनले १३ मत पाएका छन्।

मुस्ताङ जिल्लामा कुल करिब १० हजार ९ सय ५७ मतदाता रहेकोमा करिब ७ हजारभन्दा बढी मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। यससँगै मुस्ताङको प्रतिनिधिसभा सीट नेपाली कांग्रेसले आफ्नो पक्षमा सुरक्षित गरेको हाे। युवा नेता थकालीको यो जितलाई मुस्ताङको राजनीतिक समीकरणमा महत्त्वपूर्ण परिवर्तनका रूपमा समेत हेरिएको छ।