एमालेका महेश बस्नेतलाई पराजित गर्दै रास्वपाका राजीव खत्री निर्वाचित

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडाैं । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्री निर्वाचित भएका छन्।

प्रतिनिधि सभा निर्वाचनको शनिबार सम्पन्न मतगणनाको अन्तिम मत परिणामअनुसार खत्रीले ४२ हजार ३३३ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेश बस्नेतलाई पराजित गरेका हुन्। बस्नेतले १० हजार ७१७ मत प्राप्त गरेका छन्।

त्यस्तै नेपाली कांग्रेसका कबीर रानाले ८ हजार ३०५ मत प्राप्त गरे। भक्तपुर-१ मा पनि रास्वपाकै उम्मेदवार विजयी भएका छन् ।