पाँचथरमा १२ बजेदेखि मतगणना सुरु हुने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पाँचथर जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना आज दिउँसो १२ बजेबाट सुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृत कुमार मास्केले मतगणनाका लागि आवश्यक सबै तयारी पुरा भएको र केही बेरमा गणना सुरु गरिने जानकारी दिए ।

यसअघि बसेको सर्वपक्षीय बैठकले बिहान ११ बजेबाटै मतगणना सुरु गर्ने सहमति गरेको भए पनि व्यवस्थापकीय तयारी र मतपेटिका खोल्ने प्रक्रियाका कारण केही ढिलाइ भएको उनले बताए ।

‘सर्वपक्षीय बैठक सम्पन्न भइसकेको छ र ११ बजेबाट गणना सुरु गर्ने सहमति भएको थियो,‘मुख्य निर्वाचन अधिकृत मास्केले भने,‘अहिले व्यवस्थापनको काम भइरहेको छ र मतपेटिकाहरू खोलिँदै छन् । लगत्तै १२ बजेसम्ममा हामी औपचारिक रूपमा गणना सुरु गर्नेछौँ ।’

हिले गणना स्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ र राजनीतिक दलका प्रतिनिधिहरू पनि गणना स्थलमा पुगिसकेका छन् ।