रुकुम पूर्वमा मत गणना स्थगित

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको वडा नं. १ देखि ४ सम्मका केही मतदान केन्द्रमा मचुल्का (मतदाता गणना विवरण) भन्दा ३ मत बढी भेटिएपछि मत गणना कार्य स्थगित गरिएको छ।

मत गणनाको क्रममा कागजात र मतपत्र संख्या नमिलेपछि सर्वदलीय छलफलपछि प्रक्रिया रोकिएको हो।

निर्वाचन अधिकृतका अनुसार समस्या समाधानका लागि सम्बन्धित पक्षबीच छलफल भइरहेको छ। सहमति भएपछि मात्र पुनः मत गणना सुरु गरिने जनाइएको छ।