१० जिल्ला रहेको कर्णालीका १२ वटा निर्वाचन क्षेत्रमध्ये कालिकोट बाहेक अन्य क्षेत्रमा मतगणना सुरु हुन सकेको छैन ।
कालिकोटमा बिहानैदेखि सुरु भएको मतगणना अनुसार, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का महेन्द्रबहादुर शाहीले अग्रता लिएका छन् ।
पछिल्लो अपडेट अनुसार, शाहीले २८६५ मत पाएका छन् भने कांग्रेसका हर्ष बहादुर बमले २०८९ र एमालेका नगिन्द्र शाहीले १८९५, माओवादीका खड्ग बहादुर विश्वकर्माले चौथो छन् ।
यस्तै जुम्लामा भर्खरै मतगणना सुरु भएको छ ।
अन्य जिल्ला तथा निर्वाचन क्षेत्रहरूमा भने मतगणना सुरु हुन सकेको छैन । दुई वटा निर्वाचन रहेको सुर्खेतमा बिहान १० बजेपछि मात्रै मतगणना हुनेगरि तयारी भइरहेको बताइएको छ ।
यस्तै अन्य पहाडी जिल्लाहरुमा पनि मतगणना सुरु हुन सकेको छैन । कतै सर्वदलीय बैठक बसिरहेका छन् भने कतै मतगणना सुरु हुनै लागेको छ ।
हिमाली जिल्ला मुगु, डोल्पा र हुम्लामा पनि मतपेटिका संकलन हुँदैछ । त्यहाँ हेलिकप्टरबाट संकलन गर्नुपर्ने हुँदा दिउँसो १ बजेपछि मात्रै मतगणना हुन सक्ने त्यहाँका मुख्य निर्वाचन अधिकृतको कार्यालयहरूले जनाएका छन् ।