रौतहट–४ मा घण्टीको अग्रता कायम

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

रौतहट–४ मा घण्टीको अग्रता कायमरौतहट निर्वाचन क्षेत्र नम्बर ४ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता कायम गरेका छन्।

हालसम्म ६ हजार ५ सय ४१ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पाण्डेले घण्टी चुनाव चिन्हबाट ३ हजार ३ सय ८९ मत प्राप्त गर्दै अग्रस्थानमा छन्।

त्यसैगरी नेपाली कांग्रेसका देवप्रसाद तिमल्सिनाले रुख चुनाव चिन्हबाट १ हजार १ सय ९३ मत पाएका छन् भने नेपाल कम्युनिस्ट पार्टीका रामकुमार भट्टराईले तारा चुनाव चिन्हबाट १ हजार १ सय ७० मत प्राप्त गरेका छन्।

यस्तै नेकपा (एमाले) का रामजी साहले सूर्य चुनाव चिन्हबाट २ सय ५४ मत पाएका छन् भने आजपा का ऋषि धमलाले मोबाइल चुनाव चिन्हबाट १७ मत प्राप्त गरेका छन्।

मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।