रात्रिकालीन दौडमा वडाध्यक्षहरूद्वारा सहयोग र समन्वयको प्रतिबद्धता
नेपाली नयाँ वर्षको अवसरमा पोखरामा आयोजना हुने रात्रिकालीन दौड प्रतियोगितालाई सफल पार्न पोखराका वडाध्यक्षले आवश्यक सहयोग गर्ने बताएका छन् । मंगलबार पोखरा रंगशालामा आयोजित सरोकारवालाको छलफल कार्यक्रममा दौडको रुट पर्ने वडाध्यक्षहरूले प्रतियोगितालाई सफल पार्न उत्साहका साथ लाग्ने धारणा व्यक्त गरे । पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले पोखरामा केही व्यवसायी चौबिसै घण्टा […]
इच्छामृत्यु अनुमति पाउने भारतका पहिलो व्यक्ति हरिश राणाको निधन
काठमाडौं । भारतमा निष्क्रिय इच्छामृत्युका लागि अनुमति पाउने पहिलो व्यक्ति हरिश राणाको मंगलबार नयाँ दिल्लीको एम्समा निधन भएको छ । गत ११ मार्चमा भारतको सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाउँदै उनलाई निष्क्रिय इच्छामृत्युको अनुमति दिएको थियो। समाचार संस्था पीटीआईका अनुसार ३१ वर्षीय राणा सन् २०१३ देखि अचेत अवस्थामा थिए। उनलाई मार्च १४ मा गाजियाबादस्थित घरबाट उक्त […]
उपराष्ट्रपति यादवसँग प्रदेश प्रमुखहरूको भेट
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ, बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा र सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले शिष्टाचार भेट गरेका छन्। लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालय पुगेर उनीहरूले उपराष्ट्रपति यादवसँग मंगलबार सामूहिक भेट गरेका हुन्। भेटमा उपराष्ट्रपति यादव र प्रदेश प्रमुखहरूबीच शुभकामना आदान–प्रदानपश्चात देशको वर्तमान परिस्थिति तथा समसामयिक विषयहरूमा महत्त्वपूर्ण छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको […]
अबको सरकार बढीमा १८ मन्त्रालयमा सीमित हुन्छः नेता झा
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले आगामी सरकारले सानो मन्त्रीमण्डल बनाउने बताएका छन्। त्रिवि पत्रकरिता तथा आम सञ्चार विभाग र युनेस्कोद्वारा मंगलबार राजधानीमा आयोजित दक्षिण एसियामा अभिव्यक्त स्वतन्त्रता र सूचनाको पहुँच विषयक छलफल कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन्। अब बन्ने सरकारमा बढीमा १८ वटा मात्र मन्त्रालय हुने उनको भनाई छ। उनले भने– […]
कांग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने
ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन आगामी वर्ष भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव केन्द्रीय समितिमा पेस गरेका छन् । पार्टीको केन्द्रीय कार्यालय सानेपामा मंगलबार सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति थापाले यही चैत २१ गतेदेखि महाधिवेशन तयारीको कार्यतालिका प्रस्तुत गर्दै आगामी भदौ २६ गते सम्पन्न गर्ने कार्यतालिका पेश गरेका […]
सिंहदरबारबाट बिदा भइन् प्रधानमन्त्री कार्की, निजी निवास सर्दै
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी निवास बालुवाटारबाट आफ्ना निजी सामानहरु धापासीस्थित निजी निवासतर्फ सार्न थालेकी छन्। नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण नजिकिँदै गर्दा उनले आफ्नो कार्यकाल समाप्त गर्नेसँगै सिंहदरबारबाट बिदा भएकी हुन् । प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार १३ गतेसम्म बसाइ रहने भएकाले दैनिक प्रयोगका केही सामान भने बालुवाटारमै रहनेछन्, अन्य सामान भने क्रमशः […]
रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा, बिहीबार सुनुवाइ हुने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ताविरुद्धको रिट मंगलबार पनि हेर्दाहेर्दैमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अव्दुल अजीज मुसलमानको इजलासमा सोमबारदेखि सो रिट हेर्दाहेर्दैमा राखेर सुनुवाइ भइरहेको छ। अब बिहीबार (चैत १२) का लागि सुनुवाइ तोकिएको छ । […]
हुम्लामा गोठभित्र पसेर चितुवाले ४५ भेडा मार्यो
अर्जुन बोहरा, हुम्ला। हुम्लाको चंखेली गाउँपालिका–५ मा गोठभित्र पसेको चितुवाले ४५ वटा भेडा मारेको छ। गाउँपालिकाको पोरीगाउँ क्षेत्रमा आइतबार राति भएको उक्त घटनामा चितुवाले स्थानीय रतन तामाङको गोठमा राखिएका सबै भेडा मारिदिएको हो। स्थानीय जसबहादुर तामाङका अनुसार वन क्षेत्रबाट चराएर ल्याइ गोठमा राखिएका भेडामाथि चितुवाले आक्रमण गरेको हो।
झापामा ‘बर्ड फ्लु’ प्रकोपः पक्षीजन्य वस्तु ओसार–पसारमा रोक
झापा – दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा पालिएका कुखुरामा ‘बर्ड फ्लु’ देखा परेपछि जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ। प्रशासनले आज एक सूचना जारी गर्दै रोग पुष्टि भएको क्षेत्रलाई केन्द्रविन्दु मानी चारै दिशामा सङ्कटग्रस्त क्षेत्र घोषणा गरेर नियन्त्रणका काम अघि बढाएको जनाएको छ। निमित्त प्रमुख जिल्ला अधिकारी तेजप्रसाद प्रसाईंद्वारा […]
रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छ : राष्ट्रिय जनमोर्चा
काठमाडाैं । राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अमेरिकाद्वारा सञ्चालित पार्टी भएको आरोप लगाएको छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पार्टीका महासचिव मनोज भट्टले उक्त जिकिर गर्नुभएको हो । उहाँले रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्ने दाबी समेत गर्नुभयो । सो पार्टीको परराष्ट्रनीति स्पष्ट नभएको समेत महासचिव भट्टको निष्कर्ष छ । उहाँले […]