निर्वाचनमा भोट दिनुअघि हजारौं पटक सोच्न मतदातालाई अध्यक्ष लिङ्देनकाे आग्रह
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भोट दिनुअघि हजारौं पटक सोच्न मतदातालाई आग्रह गर्नुभएको छ । श्रीवैष्णव युवा परिषद् नेपालको चौथो राष्ट्रिय महाधिवेशनलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो आग्रह गर्नुभएको हो । नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउने निर्णयमा नेता र दलहरुको मात्र नभई मतदाताको समेत […]
निर्वाचनका लागि ७७ वटै जिल्लामा ७ सय पर्यवेक्षक परिचालन
। निर्वाचन पर्यवेक्षण समिति नेपालले आगामी फागुन २१ गते हुने चुनावका लागि देशका ७७ वटै जिल्लामा ७ सय जना पर्यवेक्षक परिचालन गरेको जनाएको छ। प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने उद्देश्यसहित पर्यवेक्षक परिचालन गरेको निर्वाचन पर्यवेक्षण समितिले जनाएको हाे। समितिका अनुसार स्वयंसेवक, अल्पकालीन, दीर्घकालीन तथा विशिष्ट विज्ञ पर्यवेक्षकहरूको क्रमिक परिचालनको तयारी भइरहेको छ। […]
निर्वाचनमा सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षकको निर्देशन
काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनको समयमा देखापर्न सक्ने चुनौतीको समयमै सूचना संकलन र सुरक्षा संवेदनशीलतालाई विश्लेषण गर्दै परिचालित हुन निर्देशन दिएका छन् । ‘आसन्न निर्वाचनको सन्दर्भमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता तथा समसामयिक विषयवस्तुमा’ आज भर्चुअल माध्यमबाट प्रहरी कर्मचारीलाई निर्देशन दिँदै उनले आसन्न निर्वाचनलाई राष्ट्रिय सङ्कल्पका रूपमा लिई निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन […]
उम्मेदवार गाउँ गाउँमा, चुनावी प्रचार तीव्र
भेरीगङ्गा– फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा गाउँ–सहरमा चुनावी प्रचार तीव्र बन्दै गएको छ । राजनीतिक दल र उम्मेदवारहरू मत माग्न गाउँ गाउँमा पुगेका छन् । गाउँ–गाउँमा राजनीतिक दल तिनका उम्मेदवार निर्वाचन प्रचारको लागि गाउँ गाउँ व्यस्त छन् । तर युवा मतदाता गाउँमा कम नै छन् । सुर्खेतको चौकुने गाउँपालिकाका–५ का लोकेन्द्र सिंहराज […]
पूर्वराजालाई काठमाडौँमा राजावादीहरूको स्वागत, तस्बिरहरू

पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौँ आइपुगेका छन् । कैलाश हेलिकप्टरमार्फत उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । राजावादीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडी भेला भएर उनको स्वागत गरेका छन् । यसअघि उनी बुद्ध एयरको विमानमार्फत काठमाडौँ आउने भनिएको थियो । तर, मौसमको कारण जहाज डिले हुने भएपछि शाहले हेलिकप्टरमा आउने निर्णय गरेको विमानस्थल सुरक्षा कार्यालयका […]
निर्वाचनलाई भयरहित बनाउन आईजीपी कार्कीको निर्देशन
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनको समयमा देखा पर्न सक्ने चुनौतीहरूलाई चिर्न र समाजमा शान्ति सुव्यवस्था कायम राख्न प्रभावकारी प्रहरी परिचालनका लागि निर्देशन दिएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयबाट शुक्रबार भर्चुअल माध्यममार्फत देशभरका प्रहरी युनिटहरूलाई सम्बोधन गर्दै उनले निर्वाचन सुरक्षालाई राष्ट्रिय सङ्कल्पको रूपमा लिएर त्रुटिरहित कार्यसम्पादन गर्न आदेश दिएका हुन्। निर्वाचनको समयमा सूचना संकलनलाई उच्च […]
हामीसँग जम्मा दुई विकल्प छन्– सक्किनु कि सच्चिनु

सबैभन्दा पहिले देशैभर न्याय र मुक्तिका लागि आफ्नो रगत, पसिना र आँसु बगाउनु भएका लाखौँ–लाख न्यायप्रेमी आम जनसमुदायमा म महान् जनयुद्धको ३१औँ वर्ष प्रवेशको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । हामीले आफ्नो जीवनको सबै भन्दा महत्त्वपूर्ण कालखण्ड जनयुद्धमा बिताएका हौँ । हामी आफैले जनयुद्धका रक्तरंजित दिनहरूको थालनी गर्दैगर्दा, विषमतम जँघारहरू तर्दै गर्दा सिङ्गो नेपालको […]
निर्वाचनलाई निष्पक्ष र विश्वासिलो बनाउन सञ्चार माध्यमको भूमिका महत्वपूर्णः सचिव राउत

निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले आगामी आवधिक निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वासिलो ढंगले सम्पन्न गर्न सञ्चार माध्यमको भूमिका निर्णायक हुने बताएका छन् । आयोगद्वारा आयोजित एक छलफल कार्यक्रममा बोल्दै उनले आम नागरिकलाई सही, तथ्यपरक र तटस्थ सूचना प्रवाह गरी मतदानको सही सदुपयोग गर्ने वातावरण निर्माण गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरे। सचिव राउतले सञ्चार माध्यमलाई लोकतन्त्रको […]
आइतबारसम्म मतपत्र छपाइ सकिने

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ गरिरहेको छ । केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले दैनिक १२ देखि १५ लाख मतपत्र छपाइ भइरहेको र आइतबारसम्म सबै छपाइ सम्पन्न हुने जानकारी दिए । उनले भने, “आज बिहानसम्ममा छ प्रदेशको […]
देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले देशलाई निकास दिन आगामी निर्वाचनको सफलताका लागि सक्रियतापूर्वक भाग लिन सबैलाई आग्रह गरेकी छन् । पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा ताप्लेजुङको पाथीभरामा स्थानीयसँग अन्तरक्रिया गर्दै आज उनले शान्तिपूर्ण रूपमा निर्वाचन सफल बनाउन सबैको योगदान हुनुपर्नेमा जोड दिए । प्रधानमन्त्री कार्कीले फुङ्लिङमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका जिल्ला प्रमुखसँग […]