पाथीभरामा पाँचौँ पटक हिमपात
ताप्लेजुङ ताप्लेजुङ । ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ । शुक्रबार साँझदेखि भएको वर्षासँगै हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए । उनका अनुसार केही दिनदेखि पाथीभरा क्षेत्रको मौसम धुम्मिएको थियो । आजको हिमपातसँगै यस वर्ष पाथीभरामा पाँच पटक हिउँ परिसकेको छ । हिउँ परेसँगै पाथीभरामा दर्शनार्थीहरूको घुइँचो लागेको छ । […]
रारा ताल हिउँले ढपक्कै, कृषक भने खुसी (तस्वीरसहित)
वीरबहादुर बम,मुगु । कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्य मध्येको रारा ताल हिउँले ढपक्कै ढाकिएको छ । बिहबार रातिदेखि परेको हिउँले रारा क्षेत्रमा चाँदीले छोपिए जस्तो सेताम्मे भएको छ । रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार शुक्रबार रातिदेखि परेको हिउँ राराको हुटु, मिलीचौर आसपासमा एक फिटसम्म हिउँ जमेको छ । तालसँगै वरपरको वन सेताम्मे बनेको छ । […]
पोखरामा 18D सिनेमा सञ्चालन
पोखरा, साहसिक गतिविधिका लागि प्रसिद्ध पोखरामा अब मनोरन्जनको लागि थप नयाँ आयाम थपिएको छ । फ्लाइ नेपाल इन्टरटेनमेन्टले पोखरामा शुक्रबारदेखि ज्ञडडि सिनेमा सञ्चालनमा ल्याएको छ । नेपालमै पहिलोपटक सुरु गरेको यस फ्लाइ नेपालले पोखराको डिज्नील्याण्ड लेकसाइडमा सञ्चालनमा ल्याएको हो । महानायक राजेश हमालले सिनेमाको औपचारिक उद्घाटन गर्नुभएको छ । हमालले सिनेमाको सहर पोखराले फरक शैलीको […]
अर्थमन्त्री खनालको आजदेखि कुलिङ पिरियड !
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनाल मन्त्रालयका काममा सहभागी नहुने भएका छन् । निर्वाचनको मत परिणामको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिहीबार पेस भएसँगै उनले मन्त्रालयको दैनिक काममा सहभागी नहुने घोषणा गरेका हुन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले आफ्नो कुलिङ पिरियड सुरु भएको बताए । ‘कुलिङ पिरियङ बिगेन्स फ्रम टुडे, नो मोर नेम–ट्याग्ड ट्रायल ब्यालन, प्लिज,आजदेखि कुलिङ […]
इजरायलका प्रधानममन्त्री नेतन्याहुले पत्रकार सम्मेलन गरेर भने– म जिउँदै छु
काठमाडौं । इजरायलका प्रधानममन्त्री बेन्जामिन नेतन्याहुले आफू जिउँदै रहेको प्रमणित गर्न पत्रकार सम्मेलन गरेका छन् । उनले बिहीबार राति पत्रकार सम्मेलन आयोजना गरेर आफू जिउँदै रहेको प्रमाण विश्व समुदायलाई दिएका हुन् । ‘म सबैभन्दा पहिले भन्न चाहन्छु कि म जिउँदै छु र तपाईं सबै यसको साक्षी हुनुहुन्छ,’ नेतन्याहुले पत्रकार सम्मेलनको सुरूवातमै भने, ‘यसका साथै म […]
ब्यालेट विद्रोह र जन भरोसाको सरकार
-डिल्लीराज भट्ट परिवर्तनको अपेक्षासहित यो नेपाली राजनीतिमा जनताले ‘ब्यालेट विद्रोह’ गरेको समय हो। दशकौंदेखि पूराना दलको वरिपरि घुमिरहेको राजनीति र उनीहरूको राजनीतिक आडम्बर एतिबेला खोसिएको छ। अझ अर्को अर्थमा भन्नुपर्दा त्यो आडम्बर गर्ल्याम्म ढलेको छ। यो ‘ब्यालेट विद्रोह’ जनताको परिवर्तनको हुटहुटी हो। शासनशैली पुनर्संरचनाको माग हो। मतपेटिकाबाट व्यक्त भएको सन्देशले जनता अब भाषण र शासन […]
अर्थमन्त्री खनालको आजदेखि कुलिङ पिरियड !
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनाल मन्त्रालयका काममा सहभागी नहुने भएका छन् । निर्वाचनको मत परिणामको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिहीबार पेस भएसँगै उनले मन्त्रालयको दैनिक काममा सहभागी नहुने घोषणा गरेका हुन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले आफ्नो कुलिङ पिरियड सुरु भएको बताए । ‘कुलिङ पिरियङ बिगेन्स फ्रम टुडे, नो मोर नेम–ट्याग्ड ट्रायल ब्यालन, प्लिज,आजदेखि कुलिङ […]
खानीडाँडा–याम्खा–रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु
खोटाङ खोटाङ– खानीडाँडा–याम्खा–रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी बजार जोड्ने सडकमा कालोपत्रको काम सुरु गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुवर्षीय योजनाअन्तर्गत विनियोजन भएको ३० करोड बजेटमा कालोपत्रको काम सुरु गरिएको हो । भौतिक पूर्वाधार विकास कार्यालयमार्फत ठेक्का आह्वान गरिएकामा युएसजी–रक्तकन्या–हिमशृङ्खला जेभी काठमाडौँले रु १७ करोड ३० लाख ८२ […]
वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयमा भर्ना सुरु
काठमाडौं । ‘सीमित सिटका लागि भर्ना खुलेको छ, विद्यालयबाट फारम वितरण भइरहेकाले लिन सक्नुहुनेछ।’ यस्ता सूचना र विज्ञापन आजभोलि निजी विद्यालयका वेबसाइट र सूचनापाटीमा देख्न सकिन्छ। वार्षिक परीक्षा सम्पन्न नहुँदै काठमाडौँ उपत्यकालगायत विभिन्न क्षेत्रका अधिकांश निजी विद्यालयले शिक्षा नियमावली विपरीत नयाँ शैक्षिक सत्र, २०८३ का लागि भर्ना प्रक्रिया सुरु गरेका हुन्।
मन्त्रिपरिषद गठनको गृहकार्य सुरु , १८ सदस्यीय मन्त्रिपरिषद बनाउने प्रयासमा रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ मन्त्रिपरिषद गठनको गृहकार्य थालेको छ । यस क्रममा १८ सदस्यीय मन्त्रिपरिषद गठनको प्रयास भइरहेको सो पार्टीका नेताहरुले बताएका छन् । रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले १८ सदस्यीय मन्त्रिपरिषद बैठक गठनको प्रयास भइरहेको जानकारी दिए । ‘हामीले सकेसम्म कम सदस्यीय मन्त्रिपरिषद गठनको प्रयास गरिरहेका छौं । सकेसम्म १८ वरिपरि गर्ने […]