छत्तीसगढमा सुरक्षाकर्मीसँगको मुठभेडमा १४ माओवादी मारिए

बस्तर क्षेत्रका प्रहरी महानिरीक्षक (आईजी) सुन्दरराज पीका अनुसार सशस्त्र माओवादीहरूको उपस्थितिको ठोस सूचनाका आधारमा सुरक्षा बलले सर्च अपरेशन सुरु गरेको थियो। मुठभेड स्थलबाट हालसम्म १४ वटा शव बरामद भइसकेको र यो सङ्ख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ। सुकमा जिल्लाबाट १२ र बीजापुरबाट दुई जना माओवादीको शव फेला परेको छ। मुठभेड स्थलबाट सुरक्षा बलले एके–४७, […]
सिरहा क्षेत्र नम्बर ३ बाट एमालेका लीलानाथ श्रेष्ठ एकल सिफारिस

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिरहा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेकपा एमालेलको केन्द्रीय सदस्य तथा मधेस प्रदेश इन्चार्जसमेत रहेका पूर्वकानुन मन्त्री लीलानाथ श्रेष्ठलाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।शनिबार बसेको निर्वाचन क्षेत्रीय समन्वय समितिको बैठकले श्रेष्ठको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो । श्रेष्ठ यसअघि २०७४ र २०७९ सालको प्रतिनिधि […]
महसुल नतिर्ने २४९ उपभोक्ताको लाइन काटियो, बक्यौता उठाउन विद्युत प्राधिकरणको कडाइ

नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले तोकिएको समयभित्र विद्युत महसुल नबुझाउने उपभोक्ताविरुद्ध कडा कारबाही सुरु गरेको छ। चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिसम्म महसुल नतिर्ने २४९ जना उपभोक्ताको विद्युत लाइन काटिएको प्राधिकरणले जनाएको छ। विराटनगर वितरण केन्द्रका प्रमुख राम उदगार शाहका अनुसार उक्त अवधिसम्म उपभोक्ताबाट उठ्न बाँकी विद्युत महसुल ३ करोड ४६ लाख ७६ हजार […]
गाजामा गहिरिँदै मानवीय सङ्कट, दश लाखभन्दा बढीलाई आश्रयको खाँचो

संयुक्त राष्ट्रसंघले गाजामा अझै दश लाखभन्दा बढी मानिसलाई तत्काल आश्रय सहायताकाे आवश्यक रहेकाे जनाएकाे छ । संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ताको कार्यालयले शुक्रबार साे कुरा जनाएको हाे । यो सङ्ख्या गाजाको कुल जनसंख्याको करिब आधा हो । युद्धविरामपछि मानवीय सहयोगकर्ताले हजारौँ टेन्ट र सयौँ हजार तारपालिन तथा अन्य सामग्री वितरण गरे पनि आश्रयको आवश्यकता अझै कायम रहेको […]
कांग्रेस नेता सुनिल शर्माले रतुवामाईको सामुदायिक विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने

मोरङको रतुवामाई नगरपालिका–९ स्थित श्री जनता माध्यमिक विद्यालयमा करिव चार करोड रुपैयाँको लागतमा नयाँ विद्यालय भवन निर्माण हुने भएको छ । नेपाली काँग्रेसका नेता डा.सुनिलकुमार शर्माले आफ्ना बाबुआमाको नाममा उक्त भवन निर्माण गरिदिने घोषणा गर्नुभएको हो । विद्यालय भवनको शिलान्यास गर्दै डा। शर्माले १० कोठे अत्याधुनिक भवनमा कम्प्युटर ल्याव र शौचालयसहित करिव ६ हजार ४ […]
झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज रनवेबाट चिप्लियो

झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज रनवेबाट चिप्लिएको छ। काठमाडौंबाट आएको एटिआर ७२ बुद्ध ९०१ कलसाइनको विमान अवतरणको क्रममा रनवेबाट चिप्लिएको हो। झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार विमानमा सामान्य क्षति भए पनि यात्रु र चालक दलका सदस्य सबै सकुशल छन्। सबै यात्रुको उद्धार भइसकेको उनले बताए । शुक्रबार बेलुका ९ बजेर ७ मिनेटको समयमा विमान चिप्लिएको प्रहरीले […]
आन्तरिक उडानतर्फको इन्धन शुल्क घट्यो, भाडादर के होला ?

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्तरिक उडानतर्फको इन्धन शुल्क समायोजन गरेको छ । हवाई इन्धनको मूल्य घटेको दुई दिनपछि शुक्रबार क्यानले सरचार्ज पनि समायोजन गरेको हो । नेपाल आयल निगमले बुधबारमात्रै हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटाएको थियो । योसँगै हवाई जहाजको अधिकतम भाडा दरपनि घटेको छ । प्राधिकरणका अनुसार ट्रंक रुटका लागि […]
बाँकेको दुईवटा बालसुधार गृहबाट भागेका ९६ जना बालबन्दी अझै फरार

बाँकेको दुईवटा बालसुधार गृहबाट भागेका ९६ जना बालबन्दी अझै अझै पनि पक्राउ पर्न सकेका छैनन् । जेनजी आन्दोलनको बेला गत भदौ २४ गते बाँकेको नौबस्ता बाल सुधारगृह र डुडुवास्थित जयन्दु बालसुधार गृहबाट भागेका मध्ये ९६ जना बालबन्दी अझै पनि परार रहेका छन् । ती दुबै बालसुधार गृहबाट भागेका १९३ जना बालबन्दी मध्ये हालसम्म ९७ जना […]
पोखराका मुख्य बजार क्षेत्रमा राजनीतिक सभा–जुलुसमा रोक, प्रशासन र दलबीच सहमति

कास्कीको पोखरा महानगरका मुख्य व्यापारिक क्षेत्रमा सडक अवरुद्ध हुने गरी राजनीतिक दलहरुका भेला, जुलुसहरु नहुने भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार आयोजना गरेको राजनीतिक दलहरूसँगको समन्वय बैठकले यस्तो निर्णय गरेको हो । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को शान्ति, सुरक्षा लगायतका विषयमा छलफल गर्न भएको बैठकले निर्वाचन केन्द्रित गतिविधिलाई व्यवस्थित बनाउन यस्तो […]
समानुपातिक सूची बुझाएका दलको चुनाव चिह्न मात्रै मतपत्रमा राखिने

निर्वाचन आयोगमा समानुपातिकतर्फ बन्द सूची पेस गरेका राजनीतिक दलको चुनाव चिह्न मात्रै मतपत्रमा रहने भएको छ । विगतमा दल दर्ताको आधारमा मतपत्रमा चुनाव चिह्न राख्ने अभ्यास रहेता पनि यसपटक त्यस्तो नगर्ने गरी व्यवस्थापन गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक तर्फ ९३ वटा चुनाव […]