परराष्ट्रमन्त्री र नेपालका लागि युएनका आवासीय संयोजकबिच भेटवार्ता

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक लिला पिटर्स याहियाले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेकी छिन्।

परराष्ट्र मन्त्रालयमा बिहीबार भएको भेटमा नेपाल–संयुक्त राष्ट्रसंघबिचको सहकार्यलाई थप सुदृढ बनाउने तथा आपसी सहयोग अभिवृद्धिसम्बन्धी विषयमा छलफल भएको थियो।युएनमा नेपालको तर्फबाट सहभागी, तयारी लगायतका विषयमा कुराकानी भएको थियो । नेपालमा आएको बाढी पछिको विपद् र त्यसमा अन्तर्राष्ट्रिय सङ्घ सङ्गठनलगायत युएनले पुर्‍याएको योगदानको परराष्ट्रमन्त्री खनालले प्रशंसा गरेका थिए ।