राजावादी आन्दोलनलाई सरकारले निषेध: सुदूरपश्चिम प्रदेश सभा सदस्य खेमा देवी बिष्टद्वारा कडा आपत्ति

पोखरा, – राजावादीहरूको पूर्वनिर्धारित आन्दोलनलाई सरकारले निषेधित क्षेत्र घोषणा गरेर दमन गर्न खोजेको भन्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय खेमा देवी बिष्टले कडा आपत्ति व्यक्त गरेकी छिन्। संयुक्त जनआन्दोलन समितिले जेठ १७ गतेका लागि तोकेको काठमाडौंको मुटु दरबारमार्गमाथिको आन्दोलनलाई सरकारले एकाएक निषेधित क्षेत्र घोषणा गरेपछि सरकारको नियतमाथि गम्भीर प्रश्नचिह्न खडा भएको छ। माननीय बिष्टले सरकारको […]
फेवाताल सीमांकनमा ऐतिहासिक कदम, व्यवसायीको अपिल– “अब सबै एकजुट हुनुपर्छ”

पोखराको फेवाताल संरक्षणको प्रयास अन्ततः व्यवहारिक चरणमा पुगेको छ। आजदेखि तालको सीमामा भौतिक रूपमा पिलर गाड्ने कार्य सुरु गरिने छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरका मेयर धनराज आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले संयुक्त रूपमा तीन तहका सरकारको प्रतिनिधित्व गर्दै पिलर गाडी सीमांकनको उद्घाटन आज गर्ने छन। यस अवसरमा पोखरा लेकसाइडका […]
फेवातालको फेरोमा आज पिलर गाडिँदै, अब सिमाना पोलले देखाउनेछ

पोखरा । पोखराको फेवाताल सीमामा आज भौतिक रूपमा पिलर गाडिँदै छ । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखराका मेयर धनराज आचार्य र कास्कीका सिडिओ भरतमणि पाण्डेले एकसाथ तीनै सरकारको प्रतिनिधित्व गर्दै पिलर गाड्न लागेका हुन् । शनिबार पहिलो पोल पाण्डेले, दोस्रो पोल मेयर आचार्य र तेस्रो पोल सिडिओ पाण्डेले गाड्ने तयारी छ । तालको पछिल्लो पटक […]
आजको मौसम पूर्वानुमान

पोखरा, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिम र मध्य भु–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधीकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ। महाशाखाका अनुसार कोशी प्रदेश,मधेश प्रदेश,बागमती प्रदेश, गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। […]
आज अमेरिकी डलर, युरो र पाउन्डको मूल्य बढ्यो, अस्ट्रेलियन डलरको घट्यो

पोखरा, नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलरसहितका केही मुद्रा भने सस्तिएका छन्। विगत दुई दिनसम्म लगातार घटेको युरोको मूल्य आज बढेको हो। आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा […]
नयाँपुल– हेम्जा सुरुङमार्ग निर्माण अघि बढाइने

पोखरा जेठ १६/ सरकारले मध्यपहाडी राजमार्गको नयाँपुल–हेम्जा खण्डमा सुरुङमार्ग बनाउने भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीवार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमा नयाँपुल–हेम्जा सरुङमार्गको काम अघि बढाइने उल्लेख गरे । सम्भाव्यता अध्ययन सम्पन्न भइसकेका सुरुङमार्ग निर्माणका लागि स्रोत सुनिश्चित गर्ने र निर्माण कार्यलाई अघि बढाउने योजनाअन्तर्गत नयाँपुल–हेम्जा पनि प्राथमिकतामा परेको […]
रुपन्देहीमा प्राङ्गारिक मल कम्पनीको उद्घाटन

रुपन्देहीको रोहिणीमा प्राङ्गारिक मल उद्योगको औपचारिक उद्घाटन भएको छ । उक्त उद्योगको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले मानव स्वास्थ्य र माटोको उर्वराशक्ति सुरक्षाका लागि प्राङ्गारिक मलको प्रयोग अपरिहार्य भएको बताए । प्रदेश सरकारले नीति तथा कार्यक्रममा सिङ्गो प्रदेशलाई प्राङ्गारिक बनाउने नीति अघि सारेको स्पष्ट पार्दै त्यसका लागि प्रवर्द्धनमुखी कार्यक्रम सञ्चालन गरिने बताए । रासायनिक मलको प्रयोगबाट […]
सर्वोच्चको आदेशः निजी विद्यालयमा विद्यार्थीलाई नेपाली बोल्न नरोक्नू

सर्वोच्च अदालतले निजी विद्यालयमा विद्यार्थीलाई नेपाली भाषा बोल्नबाट वञ्चित नगर्न अन्तरिम आदेश जारी गरेको छ । निजी विद्यालयहरूले नेपाली बोलेवापत विद्यार्थीबाट जरिवाना लिने गरेको भन्दै तीन स्मृति अधिकारी, विवेक बख्रेल र आयुष बडालले रिट दायर गरेका थिए । रिट निवेदनकर्ता अधिकारीका अनुसार शुक्रबार सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको बताइन् । न्यायाधीश सुनिलकुमार पोखरेलको […]
फेवाताल संरक्षणमा मेयरको ठोस कदम भने :अब सहकार्यको समय

पोखरा, जेठ १६ –फेवातालको संरक्षण र मापदण्ड कार्यान्वयनको विषयमा विभिन्न चरणमा बहस भइरहेका बेला अब भने फेवातालको अस्तित्व जोगाउने कार्यमा ठोस कदम अघि बढेको छ। सर्वोच्च अदालतको २०८० साल असार ४ गतेको उत्प्रेषणयुक्त परमादेश अनुसार फेवातालको ६५ मिटर मापदण्ड कार्यान्वयनको प्रक्रिया अन्ततः कार्यान्वयनको तहमा पुगेको छ। पोखरामा आयोजित पत्रकार सम्मेलनमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले […]
विनियोजन कुशलतामा सचेत भएर बजेट ल्यायौं : अर्थमन्त्री

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन कौशलतामाथि सचेत भएर आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याइएको बताएका छन् । अर्थ मन्त्रालयमा आयोजित ‘पोस्ट बजेट’ छलफलमा विगतमा आलोचित बनेका विषयलाई बजेटले सच्याएको बताए । आयोजनामा ३ करोडको मापदण्ड निर्धारण गरेर त्यसमा अडिग बसेको उनको दाबी छ । विकासमा असीमित आकांक्षा, सीमित स्रोतबीच, यो सीमामा रहनु चुनौतीपूर्ण […]