आजदेखि बडादसैँ सुरु, पहिलो दिन आज घरघरमा घटस्थापना गरिदै

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसैँ आजदेखि प्रारम्भ भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । बडा दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी […]

कञ्चनपुरका सीमावर्ती नाकामा हेल्प डेस्क स्थापना

कञ्चनपुरका विभिन्न सीमावर्ती नाकाहरूमा हेल्प डेस्क स्थापना गरिएका छन्। दसैँ, तिहार, छठलाई लक्षित गरी सीमावर्ती नाकाहरू सर्वसाधारणको सहजताका लागि हेल्प डेस्क स्थापना गरिएका हो। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले गृह मन्त्रालयको परिपत्रअनुरूप जिल्लाका सीमा नाका, बजारदेखि ग्रामीण क्षेत्रका नागरिकका लागि सहायता कक्ष स्थापना गरिएको बताए। सुरक्षा निकाय, प्रशासनसहित सरोकारवाला निकायको उपस्थितिमा हेल्प डेस्क स्थापना गरिएका […]

सुधार गृहबाट भागेका ५० किशोर अझै भेटिएनन्

पर्साको बाल सुधारगृह तोडफोड गरेर भागेका ५० जना बालबिज्याइँकर्ता किशोर अझै फरार छन्। गत भदौ २४ गते रातको समयमा बाल सुधारगृह तोडफोड गरेर भागेका उनीहरु अझैसम्म पनि पक्राउ परेका छैनन्। पर्साको बाल सुधारगृहका कार्यालय प्रमुख टीकाकृष्ण काफ्लेले बाल सुधारगृहबाट भागेकामध्ये ५० जना किशोर अझैसम्म पनि फरार रहेको जानकारी दिए। ‘भदौ २४ गते राति बाल सुधारगृहबाट […]

कैलालीका डा.जगत बिकलाई स्वास्थ्यमन्त्री बनाउन सरकारसँग मृतकका परिवारकाे माग (पत्रसहित)

गत भदौ २३ र २४ गते जेनजी युवाहरुले गरेको आन्दोलनमा ज्यान गुमाएका परिवारहरूले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्याललाई मागपत्र बुझाएका छन् । मृतकहरूका परिवारले आइतबार प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्याललाई मागपत्र बुझाएका हुन् । मृतकका परिवारले कैलालीको लम्किचुहा नगरपालिका-६, चैनपुरका २७ वर्षीय डा. जगत बिकलाई स्वास्थ्यमन्त्री बनाउन माग गरेका छन् । मन्त्रिपरिषद […]

अख्तियारमा सबैभन्दा धेरै उजुरी पोखरा र काठमाडौं महानगरसम्बन्धी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा एक वर्षमा स्थानीय तहसम्बन्धी १९ हजार नौ सय ३३ उजुरी परेका छन्। त्यसमा पनि सबैभन्दा धेरै पोखरा र काठमाडौं महानगरसम्बन्धी छन्। आयोगले आर्थिक वर्ष ०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार पोखरा महानगरबारे चार सय १६ र काठमाडौं महानगरपालिकासम्बन्धी ३८१ उजुरी परेका छन्। तेस्रोमा पर्साको छिपहरमाई गाउँपालिका छ। जसविरुद्ध दुई सय ९८ उजुरी परेका छन्। ललितपुर महानगरपालिका आठौँ स्थानमा छ। […]

काठमाडौं महानगरले ३५ गाउँपालिकालाई मङ्गलबारदेखि एम्बुलेन्स वितरण गर्ने

काठमाडौँ महानगरपालिकाले मङ्गलवारदेखि देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनौट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्ने भएको छ । आइतबार महानगर प्रमुख बालेन शाहले विगत एक वर्षदेखि रोकिएको एम्बुलेन्स वितरण कार्य मङ्गलबारदेखि सुरु हुने जानकारी दिए । एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाई, स्वास्थ्य सुविधा अभावमा पिछडिएका स्थानलाई प्राथमिकता दिइएको महानगरले जनाएको छ । महानगर […]

जेन-जी आन्दोलनको क्रममा रातोपुलमा लुटपाट गर्ने तीनजना पक्राउ

गत २४ भदौमा भएको जेन-जी आन्दोलनमा काठमाडौंको रातोपुलथित एक घरमा सुनका गरगहनालगायत सामान लुटपाट गरेको आरोपमा तीनजना पक्राउ परेका छन्। खोटाङका २७ वर्षीय सुजन राई, सिन्धुपाल्चोकका १९ वर्षीय नयुन श्रेष्ठ र मकवानपुरका १८ वर्षीय अगम प्रजा पक्राउ परेका हुन्। उनीहरूलाई रातोपुलस्थित डेराबाटै चोरी गरेका सुनका गहनालगायत सामान पनि बरामद गरिएको एसपी अपिलराज बोहराले बताए। उनीहरुबाट सुनका […]

दृष्टि आँखा अस्पताल र धादिङ पोखरा सम्पर्क समाज कास्की बिच आँखा उपचारमा सहकार्य, सदस्यहरूलाई विशेष छुट

पोखरा: धादिङ पोखरा सम्पर्क समाज कास्की र गन्डकि प्रदेश कै पहिलो निजि आखा अस्पताल दृष्टि आँखा अस्पतालबीच आखा सम्बन्धी स्वास्थ्य सेवा उपलब्ध गराउने सम्झौता भएको छ। यस सम्झौताअनुसार, अब सम्पर्क समाज का सदस्य तथा कर्मचारीले दृष्टि आँखा अस्पतालमा आँखासम्बन्धी उपचार गराउँदा विभिन्न सेवामा आकर्षक छुट पाउने भएका छन । धादिङ पोखरा सम्पर्क समाज कास्की का […]

काठमाडौं महानगरले चाडपर्व लक्षित बजार अनुगमन गर्दै

काठमाडौं महानगरपालिका (कामपा)ले आगामी सातादेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने जनाएको छ । गत भदौ २३ र २४ गते देशभर भएका जेनजी आन्दोलनका कारण एक हप्ता पर सरेको बजार अनुमगन आगामी सातादेखि गर्ने तयारी रहेको कामपाले जानकारी दिएको छ । कामपाको सहायक प्रवक्ता धु्रवकुमार काफ्लेका अनुसार हिन्दुहरूको महान् पर्व बडादसैँ नजिकै आइसकेको अवस्था छ तर […]

वैशाखदेखिको विपदका घटनामा २४३ जनाको मृत्यु

गत वैशाखदेखि हालसम्म देशभर तीन हजार ६८१ विपदका घटना भएका छन् । यसबाट ६ हजार ५९० घर परिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सो अवधिमा विपदमा परेर २४३ जनाको ज्यान गएको छ भने ८६९ जना घाइते भएका छन् । यस्तै, २४ जना बेपत्ता भएका छन् । प्राधिकरणका अनुसार […]