‘जेनजी’ शहीद परिवारलाई विद्युत् प्राधिकरणमा जागिर, ३५ दिनभित्र सम्पर्क गर्न सार्वजनिक सूचना

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं – जेन–जी आन्दोलनका क्रममा शहीद घोषणा गरिएका व्यक्तिहरूका परिवारलाई राहतस्वरूप रोजगारी उपलब्ध गराउने सरकारी निर्णय कार्यान्वयनतर्फ उन्मुख भएको छ। सोही अनुसार नेपाल विद्युत् प्राधिकरणले २७ जनालाई रोजगारी दिने प्रक्रिया अघि बढाएको जनाएको छ।

प्राधिकरणको मानव संसाधन विभागले सार्वजनिक गरेको सूचनाअनुसार शहीद परिवारका सदस्यको रूपमा दाबी गर्दै आवेदन दिएका २७ जनाको नामावली सार्वजनिक गरिएको छ। ती आवेदकहरूलाई प्रचलित कार्यविधिअनुसार रोजगारीमा समावेश गरिने तयारी गरिएको प्राधिकरणले जनाएको छ।

सरकारले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूका परिवारलाई राहत तथा पुनर्स्थापनाका लागि रोजगारीको व्यवस्था गर्ने निर्णय गरेपछि प्राधिकरणले सो निर्णय कार्यान्वयन प्रक्रिया अगाडि बढाएको हो।

यद्यपि, सूचीमा समावेश भएका सबै व्यक्तिलाई आफ्नो नाता सम्बन्ध पुष्टि गर्ने आधिकारिक कागजात अनिवार्य रूपमा पेश गर्न निर्देशन दिइएको छ। प्राधिकरणले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक प्रमाणसहित सम्पर्कमा आउन आग्रह गरेको छ।genz-rojgari-1774778911.jpg