
काठमाडौं– नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध पटक–पटक बलात्कार र मार्ने धम्की दिएको उजुरी दर्ता नभएको गुनासो गरेकी शोभा पाठक सरकारी वकिलको कार्यालयसहित प्रहरी परिसर काठमाडौंमा पुगेकी छन्।
उनी प्रमाणसहितका उजुरी लिएर दर्ताका लागि प्रहरी र सरकारी वकिलको कार्यालयमा पुगेकी हुन्। उनी स्वतन्त्र उम्मेदवारका रुपमा बस्नेतविरुद्ध भक्तपुर–२ मा गत निर्वाचनमा उम्मेदवार पनि बनेकी थिइन्।
बस्नेत पराजित भएको स्थानमा पाठक पनि पराजित हुँदा रास्वपाका राजीव खत्रीले विशाल जीत निकालेका थिए।