ओलीको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार मात्र बहस

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं– सरकारले पक्राउ गरी अनुसन्धानमा राखेका एमाले अध्यक्ष केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरणसम्बन्धी सर्वोच्चमा आइतबार परेको रिटमा सोमबार मात्रै बहस हुने भएको छ।

ओलीलाई हिरासतमुक्त गरियोस् भन्ने मागका साथ पत्नी राधिका शाक्यका तर्फबाट रिट दायर भएको छ।

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईका अनुसार रितपूर्वक रिट दर्ता भइसकेको छ। ओलीलाई जाँचबुझ आयोगको प्रतिवेदनकै सिफारिसका आधारमा पक्राउ गर्नु र थुनामा राख्नु गैरकानूनी भएको दावीसहित रिट दायर भएको छ।