
काठमाडौं– हाल मुलुकमा नरहेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, आरजु राणा र परिवारमाथि सम्पत्ति शुद्धिकरणको अनुसन्धान थालिएको छ।
सम्पत्ति शुद्धिकरण विभागमा परेको उजुरीका आधारमा अनुसन्धान थाल्दा बुढानिलकण्ठमा भत्काउन थालिएको देउवाको निजी निवासलाई अहिले पुननिर्माणका नाममा गरिएको काम रोक लगाइएको छ। प्रमाण नष्ट हुने सम्भावना रहेकाले भत्काउन रोकिएको हो।
प्रमाण नष्ट गर्नसक्ने आशंकामा बूढानीलकण्ठस्थित देउवा निवास परिसरमा घर भत्काउने काम भइरहेकोमा प्रहरीले रोक लगाएको छ।
सत्ताको आडमा अस्वभाविक र गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा यसअघि नै देउवा परिवारविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको थियो।
पछिल्लो एक डेढ वर्षमा जयवीर देउवा र उनले नजिकका नातेदारहरुका नाममा किनेको करिब ७३ रोपनी जग्गाको विवरणहरू संकलन भएको छ। त्यसबारे पनि विभागले छानबिन सुरु गरेको छ।
शेरबहादुर देउवाका नातेदार प्रदिपशम्सेर जबरा, भूषण राणा लगायतबाट जयवीर र अन्य व्यक्तिको खातामा भएको कारोवारको विवरण संकलन भएका छन् त्यसमा अनुसन्धान जारी राखिएको छ।