काठमाडौं उपत्यकामा दिउँसोको कर्फ्यु हट्यो

काठमाडौं उपत्यकामा दिउँसोको समय लागेको कर्फ्यु हटेको छ। आज बेलुकी ७ देखि भदौ २८ गते बिहान ६ बजेसम्म कर्फ्यु लाग्ने नेपाली सेनाले जनाएको छ। सेनाले जारी गरेको सूचना अनुसार आज बिहान ११ देखि साँझ ५ बजेसम्म मात्रै निषेधाज्ञा जारी गरिएको छ। जेनजी प्रदर्शनको क्रममा हिंसात्मक घटना भएपछि सुरक्षा निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ।

७२ घण्टामा २०० जना मारिनेगरी कतारसहित ६ देशमा इजराइली हमला

इजराइलले पछिल्ला ७२ घण्टामा ६ देशहरूमा हमला गरेको छ। यसमा गाजा (प्यालेस्टाइन) सहित सिरिया, लेबनान, कतार, यमन र ट्युनिसिया रहेका छन्। यी आक्रमणहरूमा २०० भन्दा बढीको मृत्यु भएको छ र १००० भन्दा बढी घाइते भएका छन्। यी आक्रमण सोमबारदेखि बुधबारबीच भएका हुन्। इजराइलले यी देशहरूमा रहेका आतंककारी केन्द्रहरूलाई लक्ष्य बनाइरहेको जिकिर गरेको छ। इजरायलको यो […]

रौतहटमा शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु

जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार बिहानसम्मका लागि निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ । आज बिहान प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले सूचना जारी गर्दै बिहान ६ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म निषेधाज्ञा जारी गरेको जानकारी दिए । उनका अनुसार साँझ ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ । अत्यावश्यक आवतजावतका लागि […]

कञ्चनपुर कारागारबाट भागेकामध्ये एक सय २४ कैदीबन्दी फिर्ता

जेनजी आन्दोलनका क्रममा कञ्चनपुर कारागारबाट फरार भएकामध्ये हालसम्म एक सय २४ जना कैदीबन्दी फिर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार कारागारमा रहेका चार सय ७९ कैदीबन्दीमध्ये आजमात्र एक सय तीन जनालाई कारागार फिर्ता गरिएको छ। ‘केहीलाई नियन्त्रणमा लिएर कारागारमा बुझायौँ, बुझाउँदैछौँ,’ उनले भने, ‘केही आफैँ कारागारको सम्पर्कमा पुगेका हुन्।’ उनका […]

उच्च मनोबल र साहसका साथ शान्ति सुरक्षाका लागि जुट्न आइजिपीको निर्देशन

प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले कठिन अवस्थामा अझ उच्च मनोबल र साहसका साथ शान्ति सुरक्षाका लागि जुट्न निर्देशन दिएका छन् । बिहीबार भिडियो सन्देश जारी गरी उनले कठिन समयमै मानिसको पहिचान हुने भएकाले शान्ति सुरक्षामा खटिन निर्देशन दिएका हुन् । ‘नेपाल प्रहरीको सदस्य भएको नाताले हाम्रो धर्म, कर्म, प्रतिज्ञा र हाम्रो समर्पण राष्ट्र र आमनागरिकको सेवा र सुरक्षा […]

प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह

नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह गरेका छन्। सिनेटरहरू जिन शहिन र क्रिस भ्यान होलेनले बिहीबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हालै नेपालमा भएको हिंसा, मानवीय क्षति र आगजनी अस्वीकार्य छ र हामीहरू पीडित र उनीहरूको परिवारजनप्रति गहिरो सहानुभूति व्यक्त गर्दछौं।’ नागरिकहरूको विरुद्ध चर्को दमन गर्नेहरूलाई […]

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति

राष्ट्रपति रामचन्द्र पौडेल आन्दोलनकारी जेन–जी पुस्ताको माग बमोजिम नै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन तयार भएका छन्। शीतल निवासमा संविधानविद्सँग परामर्श लिएपछि उनी कार्कीलाई प्रधानमन्त्री बनाउन तयार भएका हुन्। तर संवैधानिक संकटबारे राष्ट्रपति पौडेल गम्भीर बनेका छन्। संविधानविद्सँगै राष्ट्रपति पौडेल र पूर्व प्रधानन्यायाधीश कार्कीबीच संवैधानिक संकट र निकासको विषयमा वार्ता भएको छ। वार्तामा सहभागी एक […]

जेनजी युवाबीच सैनिक मुख्यालयकाे सडकमा कुटाकुट

सैनिक मुख्यालय अगाडि पुगेका जेनजी युवाहरूबीच कुटाकुट भएको छ। उनीहरु अन्तरिम प्रधानमन्त्री तय गर्नका लागि मुख्यालय अगाडिको सडकमा जेनजीका दुई समूहबीच कुटाकुट भएको हो ।पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन नहुने भन्दै केही युवाहरूको समूह नाराबावजीसहित पुगेको थियो । अर्कातिर काठमाडौंका मेयर बालेन्द्र शाह र धरानका मेयर हर्क साम्पाङ पक्षधर युवाहरू पनि जम्मा भएका […]

फरार अभियुक्त र कैदीबन्दीलाई तत्काल सम्पर्कमा आउन प्रहरीको अनुरोध

जेन-जीको प्रदर्शनका क्रममा फरार अभियुक्त र कैदीबन्दीलाई तत्काल सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले अनुरोध गरेको छ। नेपाल प्रहरीका विभिन्न कार्यालय, इकाइ तथा कारागारमा भएको तोडफोड र आगजनीका घटनापछि प्रहरी प्रधान कार्यालयले फरार रहेका अभियुक्त र कैदीबन्दीलाई सम्बन्धित जिल्लाको जिल्ला प्रहरी कार्यालय, स्थानीय प्रहरी इकाइ वा अन्य सुरक्षा निकायसँग यथाशीघ्र सम्पर्कमा आउन अनुरोध गरेको हो। प्रहरीका अनुसार अनुसन्धानका क्रममा […]

प्रेम थापाको आग्रह : “देशले थप आन्दोलन सहन सक्दैन, राजनीतिक सहमति आवश्यक”

नेकपा (एस) पोखरा महानगर कमिटीका नेता प्रेम थापाले देश अहिले थप परिवर्तनका नाममा आन्दोलन सहन नसक्ने बताएका छन्। उनले दलका नेताहरूसँग वार्तामार्फत सहमति गरेर अघि बढ्न आग्रह गरेका हुन्। थापाले जेनलाई सम्बोधन गर्दै पठाएको सन्देशमा पार्टी कार्यकर्तालाई झोले मात्र नदेख्न आग्रह गर्दै, धेरै कार्यकर्ता देश बनाउने सपना बोकेर, नेताहरूको तानाशाही प्रवृत्तिको विरोधमा पनि सक्रिय रहेको […]