जगदम्बा अटोको पहिलो ६ महिनामै साढे ४ अर्बकाे कारोबार

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं । काठमाडौं । नेपालमा टिभिएस (TVS) ब्राण्डका दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे सवारी एसेम्बल गर्दै आएको जगदम्बा अटो ग्रुप प्रालिले आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामै ४ अर्ब ४२ करोड रुपैयाँ बराबरको कारोबार गरेको जनाएको छ।

कम्पनीका अनुसार नेपाली बजारमा बढ्दो मागलाई ध्यानमा राख्दै उत्पादन तथा बिक्री सञ्जाल विस्तार गरिँदै आएको छ। विशेषगरी मोटरसाइकल र टेम्पो सेग्मेन्टमा टिभिएस ब्राण्डप्रति उपभोक्ताको आकर्षण बढ्दो रहेको बताइएको छ।

हाल कम्पनीका एक मात्र सञ्चालक शाहील अग्रवाल रहेका छन्। व्यवस्थापन सुधार र बजार विस्तारमा केन्द्रित रणनीतिका कारण छोटो अवधिमै कम्पनीले उल्लेखनीय व्यापार वृद्धि हासिल गर्न सफल भएको जनाएको छ।