निर्वाचन मूल्यांकन प्रतिवेदन पठाउन एमालेद्वारा मातहत निकायलाई निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समीक्षा प्रतिवेदन केन्द्रमा पठाउन आफ्ना मातहतका संरचनाहरूलाई निर्देशन दिएको छ। पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार तल्ला तहका सबै कमिटीलाई निर्वाचन परिणाम, अनुभव र सुधारका सुझाव समेटेर प्रतिवेदन तयार गर्न भनिएको छ। अहिले वडा तहदेखि नै समीक्षा प्रक्रिया सुरु भइसकेको र […]

मुगुमा नेपाल एयरलाइन्सको नियमित उडान सुरु

मुगु । लामो समयदेखि हवाई सेवाको अनियमितताले सास्ती खेप्दै आएका मुगुवासीका लागि नेपाल एयरलाइन्सले आइतबारदेखि नियमित उडान सुरु गरेको छ। नेपालगञ्जबाट हप्तामा चार पटक-आइतबार, मंगलबार, बिहीबार र शुक्रबार-उडान हुने व्यवस्था मिलाइएको छ। साथै, बिहीबारका दिन सुर्खेतबाट पनि ताल्चा विमानस्थलसम्म उडान हुने नेपाल एयरलाइन्सका स्टेशन इन्चार्ज नवीनकुमार बिष्टले जानकारी दिए। नियमित उडान सुरु भएसँगै विशेषगरी बिरामी […]

जगदम्बा अटोको पहिलो ६ महिनामै साढे ४ अर्बकाे कारोबार

काठमाडौं । काठमाडौं । नेपालमा टिभिएस (TVS) ब्राण्डका दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे सवारी एसेम्बल गर्दै आएको जगदम्बा अटो ग्रुप प्रालिले आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामै ४ अर्ब ४२ करोड रुपैयाँ बराबरको कारोबार गरेको जनाएको छ। कम्पनीका अनुसार नेपाली बजारमा बढ्दो मागलाई ध्यानमा राख्दै उत्पादन तथा बिक्री सञ्जाल विस्तार गरिँदै आएको छ। विशेषगरी मोटरसाइकल […]

मौसम पुर्वानुमान प्रणालीलाई वैज्ञानिक र प्रभावकारी बनाउने कार्य सरकारको उच्च प्राथमिकतामाः मन्त्री सिन्हा

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री अनिलकुमार सिन्हाले नेपालको मौसम पूर्वानुमान प्रणालीलाई वैज्ञानिक, विश्वसनीय र प्रभावकारी बनाउने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । विश्व मौसम दिवसको अवसरमा सोमवार जल तथा मौसम विज्ञान विभागले आयोजना गरेको कार्यक्रममा उहाँले सरकारले पूर्वानुमान प्रणालीलाई थप सुदृढ बनाउन उपकरण विस्तार, आधुनिक प्रविधिको प्रयोग, पूर्वाधार विकास तथा दक्ष जनशक्ति उत्पादनमा […]

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खननमा अुनमति

काठमाडाैं । खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत विभिन्न १६ प्रकारका खनिजजन्य वस्तुको उत्खननको अनुमति दिएको छ । स्वदेशमा रहेको खनिज सम्पदाको अन्वेषण कार्यबाट विभागले खनिजजन्य उद्योगहरूको विकास गरी देशमा औद्योगिक उत्पादन तथा आर्थिक विकास गर्ने उद्देश्यले उत्खननको इजाजत प्रदान गरेको हो । विभागले गत आर्थिक वर्षसम्ममा अनुमति दिएका खनिजजन्य वस्तुहरूमा टुर्मालिन, टल्क, […]

निगम आधा सिलिन्डर बेच्न भन्छ, भन्सारमा देखिन्छ तीन महिनाकै उच्च आयातमा ग्यास

काठमाडौं– इरान–अमेरिका युद्धका कारण पेट्रोलियमदेखि खाना पकाउने ग्यासमा समेत हुने अभावलाई देखाएर नेपाल आयल निगमले बजारमा आधा सिलिन्डर ग्यास बेच्नका लागि भनेको छ। सोहीअनुसार विभिन्न कम्पनीले आधा सिलिन्डर मात्र ग्यास बजारमा लैजान थालेका छन्। तर, दुई कारणले बजारमा यस्तो कृत्रिम समस्या देखाउन खोजिएको पुष्टि हुन्छ। पहिलो भारतबाट आयात हुने ग्यासमा कुनै महँगी र कमी भएको […]