

काठमाडाैं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य घटेको छ।
गत हप्तादेखि घट्ने क्रममा रहेको सुनको मूल्य घट्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको हो। सोमबार प्रतितोला ६ हजार पाँच सय रूपैयाँ घटेको सुनको मूल्य मंगलबार प्रतितोला एक हजार ६ सय रूपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला दुई लाख ७३ हजार नौ सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे हाे। सोमबार सुन प्रतितोला दुई लाख ७५ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, मंगलबार चाँदीको मूल्य भने बढेको छ। सोमबार प्रतितोला चार हजार चार सय २५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला चार हजार पाँच सय पाँच रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य साेमबारको तुलनामा प्रतितोला ८० रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस चार हजार तीन सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।