समानुपातिक सूचीबाट नाम फिर्ता लिन चाहनेलाई निवेदन दिन आग्रह

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 निर्वाचन आयोगले समानुपातिक सूचीबाट नाम फिर्ता लिन चाहनेलाई निवेदन दिन आग्रह गरेको छ ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति निकालेर यस्तो आग्रह गरेका हुन् ।

२१ फागुनमा हुने निर्वाचनका लागि दलहरूले यही पुस १३ र १४ गते निर्वाचन आयोगमा समानुपातिक सूची पठाएका थिए । त्यसमा नाम रहेका र फिर्ता लिन चाहनेलाई आयोगले यही पुस २८ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मको समय दिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका १२ जना भन्दा बढीले नाम फिर्ताको घोषणा गरेका छन् । नेकपा एमालेमा समेत पाँच जनाले नाम फिर्ताका लागि पार्टीमा निवेदन दिएका छन् ।

नाम फिर्ता लिन चाहनेले आयोगमा स्वयम उपस्थित भएर वा वारेस मार्फत समेत निवेदन दिन सक्नेछन् ।