समानुपातिक सूचीबाट नाम फिर्ता लिन चाहनेलाई निवेदन दिन आग्रह

 निर्वाचन आयोगले समानुपातिक सूचीबाट नाम फिर्ता लिन चाहनेलाई निवेदन दिन आग्रह गरेको छ । आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति निकालेर यस्तो आग्रह गरेका हुन् । २१ फागुनमा हुने निर्वाचनका लागि दलहरूले यही पुस १३ र १४ गते निर्वाचन आयोगमा समानुपातिक सूची पठाएका थिए । त्यसमा नाम रहेका र फिर्ता लिन चाहनेलाई आयोगले […]

घटाइयो नगद कारोबारको सीमा, ५ लाख बढीको कारोबार चेकबाट मात्रै गर्न पाइने

 अब बैंक तथा वित्तीय संस्थाका सेवाग्राहीले ५ लाखसम्मको कारोबार मात्रै अनलाइनबाट गर्न पाउने भएका छन्। राजपत्रमा प्रकाशित भइसकेको सरकारी निर्णय कार्यान्वयन गराउन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई नगद सीमासम्बन्धी निर्देशन दिएको हो। नयाँ व्यवस्थाअनुसार अब वस्तु तथा सेवा खरिदका लागि ५ लाखभन्दा बढीको रकम भुक्तानी गर्नुपर्दा ग्राहकले चेकबाट मात्रै गर्न पाउनेछन्। यस्तै वित्तीय […]

अभिभावकलाई मन्त्री श्रेष्ठको आग्रह : मतदान गर्दा सन्तानलाई सम्झिनुस्

२५ पुस, काठमाडौं । महिला, बालकालिका तथा जेष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आगामी फागुन २१ गते हुने निर्वाचनमा सबैलाई सक्रिय सहभागी हुन आग्रह गरेकी छन् । उनले मताधिकार प्रयोग गर्दा आफ्ना सन्तानको भविष्यलाई सम्झेर मत खसाल्न पनि भनेकी हुन् । आफ्ना सन्तानले फेरि रगत बगाउन नपर्ने गरी मतदानमा विवेक पुर्‍याउनुपर्न‍े उनको भनाइ थियो । नेपाल अर्बुद […]

रास्वपाद्वारा चुनावी अभियानका लागि ३२१ कर्मचारी माग (सुचनासहित)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी अभियानका लागि ३२१ कर्मचारी माग गरेको छ। शुक्रबार रास्वपाले विभिन्न पदमा ३२१ जना कर्मचारीको आवेदन मगाएको हो।

निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने

प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिताबारे आज जानकारी गराइएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्त र उच्चअधिकारीहरूले प्रधानमन्त्री कार्कीलाई भेटेर सो जानकारी गराउनुका साथै निर्वाचनको व्यवस्थापन र तयारीका विषयमा छलफल भएको हो। आयोगले निर्वाचनका लागि आगामी माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता जारी गर्ने […]

नेपाली चलचित्रकर्मीका लागि ११ विधामा तालिमको व्यवस्था

नेपाली चलचित्रका कलाकारदेखि इडिटर, क्यामराम्यान, तथा मेकअप आर्टिस्टका लागि चलचित्र विकास बोर्डले कुल ११ विधामा तालिम दिने भएको छ । शुक्रबार चलचित्र विकास बोर्डमा भएको ‘चलचित्र क्षेत्रको अगामी कार्यदिशा अन्तरक्रिया कार्यक्रम’ को क्रममा यो घोषणा स्वयं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गरेका हुन्। उक्त तालिम अन्तर्गत ‘साउन्ड मिक्सिङ’, ‘साउन्ड तालिम’, ‘फोटो तथा भिडियो प्रशिक्षण […]

राप्रपामा समानुपातिक सूचीलाई लिएर असन्तुष्टि, महिला नेतृहरू अनशनमा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समानुपातिक उम्मेदवार सूची सच्याउन माग गर्दै महिला नेतृहरू पार्टी केन्द्रीय कार्यालय पुगेपछि तनावपूर्ण अवस्था सिर्जना भएको छ। सूची सच्याउन दबाब दिन पुगेका महिला नेतृहरू र पार्टी वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङकी श्रीमती सरस्वती लामाबिच कार्यालयपरिसरमै झडप भएको बताइएको छ। महिला नेतृहरूले समानुपातिक सूचीमा देखिएको परिवारवाद र अवसरवादको अन्त्य गर्न माग गर्दै पार्टी […]

विधानको सहाराले मात्रै होइन संवादबाट समाधान खोजौँ : मीन विश्वकर्मा

नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पार्टीको विवाद समाधानका लागि संवादलाई नै जोड दिनुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले देश नै राजनीतिक अस्थिरता र अराजकताको भुमरीमा फसेको बेला कांग्रेस पनि आन्तरिक विवादका कारण संकटमा परेको बताए ।निषेध, नियन्त्रण, अस्विकार वा बहिष्कार होइन, विधीविधानका धाराको सहाराले मात्र पनि होइन, मन मस्तिष्क, भावना, बुद्धी […]

विशेष महाधिवेशनमा देउवा पनि सहभागी हुनुपर्छ : चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टीको विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवा आफैं सहभागी हुनुपर्ने बताएका छन् । शुक्रबार विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा मञ्च व्यवस्थापनको काममा पुगेका उनले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा कांग्रेस देउवाको पार्टी भएको भन्दै सो महाधिवेशनमा उनी सहभागी हुनुपर्ने बताएका हुन् । भण्डारीले पुस २७ र २८ गते हुने महाधिवेशनमा […]

एनआरएनए अमेरिकाले भन्यो– खेलकुद मन्त्रीलाई अमेरिका आमन्त्रण गरिएको छैन

गैरआवासीय नेपाली संघ अमेरिकाले नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रमका लागि आमन्त्रण नगरेको प्रस्ट पारेको छ । एक विज्ञप्ति जारी गर्दै एनआरएनए अमेरिकाले कुनै पनि युवा सम्बन्धी कार्यक्रम आयोजना नगरिएको प्रस्ट पारेको हो । ‘एनआरएनए अमेरिका को नाममा अनधिकृत कार्यक्रम सञ्चालन, मानव तस्करीजस्ता गम्भीर गैरकानुनी गतिविधिहरू भइरहेको भन्ने विश्वसनीय […]