राजनीतिमा परिणाम स्वीकार गरेर अघि बढ्नु नै उत्तम विकल्पः कृष्ण सिटौला

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिमा परिणाम स्वीकार गरेर अघि बढ्नु नै उत्तम विकल्प भएको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीको केन्द्रिय कार्य सम्पादन समितिले गरेको निर्णय सबैले कार्यान्वयन गर्नुपर्ने बताउनु भयो । उहाँले अहिले परस्परमा पार्टीमा प्रतिष्पर्धा गर्ने समय नभएको जिकिर गर्नुभयो ।

अहिले सबै एकतावद्ध भइ निर्वाचनमा जानुपर्ने समय भएको बताउनु भयो । पार्टीमा अहिले देखिएको परिस्थिति राम्रो नभएको भन्दै केन्द्रिय कार्यसमितिले गरेको निर्णय कार्यान्वयन गर्न आफूहरु लागिपरेको बताउनुभयो । विशेष महाधिवेशन आजको आवश्यकता नभएको बताउँदै उहाँले विशेष महाधिवेशन आजको आवश्यकता भएको बताउनुभयो

उहाँले भन्नुभयो, ‘पार्टी केन्द्रिय कार्य सम्पादन समितिले गरेको निर्णय कार्यान्वयन गर्नु नै पार्टीको एकता हो । यतिबेला पार्टीमा परस्परमा नेता, साथीहरुको बीचमा प्रतिष्पर्धा गर्ने बेलै होइन । निर्वाचनमा पार्टी एकतावद्ध भएर जाने बेला हो यो । आजसम्म जुन परिस्थिति देखिएको छ, त्यो राम्रो मानिदैन । तथापि हामी केन्द्रिय कार्यसमितिले गरेको निर्णयमा लागिपरेका छौँ । अब राजनीति हो परिणाम जे आउँछ त्यसलाई लिएर अघि जानुपर्छ ।

विशेष महाधिवेशन आजको आवश्यकता होइन । आजको आवश्यकता निर्वाचनमा पार्टीभित्र देखाउनुपर्ने पूर्ण समझदारी हो । निर्वाचनको तयारीमा सबै जुट्नुपर्ने बेला हो । यस्तो बेलामा पार्टीमा खैलाबैला भएको छ, त्यो उचित छैन । पार्टीको निर्णय मान्नु सबैको मूल कर्तव्य हो ।’ नतो सिटौलाले पार्टीको निर्णय मान्नु सबैको मूल कर्तव्य भएकोबताउनुभयो ।