उनले स्वास्थ्य सेवा आम नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै सामान्य उपचारका लागि प्रदेश बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्नुपर्नेमा विशेष जोड दिए । यादवले अस्पतालहरूको सेवा प्रवाह सुधार, आवश्यक औषधिको नियमित उपलब्धता, चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्थापन र प्रशासनिक समन्वयलाई प्रभावकारी बनाउनसमेत निर्देशन दिए । बैठकमा जनताको गुनासो, उपचारका क्रममा देखिएका समस्या तथा सेवाको गुणस्तर सुधारका उपायबारे विस्तृत छलफल भएको थियो । मुख्यमन्त्री यादवले सबै मेसु तथा कार्यालय प्रमुखहरूलाई जिम्मेवारीपूर्वक काम गर्दै परिणाममुखी सेवा दिन आग्रह गरे । प्रदेश सरकार जनताको स्वास्थ्य सेवामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले स्वास्थ्य क्षेत्र सुधार प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए ।