जापानी संसदमा शौचालय थप्न प्रधानमन्त्री ताकाइचीसहितका महिला सांसदको निवेदन

जापानको संसद भवनमा महिलाहरूको संख्या बढ्दै गएपछि महिला सांसदहरूले शौचालयको अभावको समस्या उठाएका छन्। प्रधानमन्त्री सानाए ताकाइचीसहित करिब ६० जना महिला सांसदले संसद भवनमा थप महिला शौचालयको व्यवस्था गर्न माग गर्दै निवेदन दिएका छन्। अक्टोबर २०२४ को चुनावमा तल्लो सदनमा कीर्तिमानी ७३ महिला सांसद निर्वाचित भए पनि संसद भवनमा महिला शौचालयको संख्या सीमित रहेको उनीहरूको […]
आफ्नै जिल्लामा उपचारको व्यवस्था मिलाउन मुख्यमन्त्री यादवको निर्देशन

उनले स्वास्थ्य सेवा आम नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै सामान्य उपचारका लागि प्रदेश बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्नुपर्नेमा विशेष जोड दिए । यादवले अस्पतालहरूको सेवा प्रवाह सुधार, आवश्यक औषधिको नियमित उपलब्धता, चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्थापन र प्रशासनिक समन्वयलाई प्रभावकारी बनाउनसमेत निर्देशन दिए । बैठकमा जनताको गुनासो, उपचारका क्रममा देखिएका समस्या तथा सेवाको गुणस्तर सुधारका उपायबारे […]
।नारायणगढ–गैँडाकोट आइकोनिक पुल निर्माणले लियो गति

नारायणगढ र गैँडाकोट जोड्ने नारायणी नदीमाथि आधुनिक प्रविधियुक्त केबल–स्टेड ‘आइकोनिक पुल’ निर्माणले गति लिएको छ । निर्माण कम्पनी तुँदी कन्स्ट्रक्सन प्रालिले एक महिनाअघि पुल निर्माणको काम सुरु गरेको हो । कम्पनीका स्ट्रक्चरल इन्जिनियर सन्देश त्रिपाठीका अनुसार हाल पुल निर्माणको काम ‘टेस्टिङ फेज’मा रहेको छ । प्रारम्भिक ‘डिजाइन’ तयार गर्दा गरिएको प्रयोग (एक्सपेरिमेन्ट) र त्यसबाट प्राप्त […]
सफारी चालकमाथि गोली चलाउने एपीएफका हवलदार पक्राउ

सुनसरीको लौकहीमा भारतीय बजारबाट सामान लिएर नेपालतर्फ आउँदै गरेका सफारी चालकको मृत्यु हुने गरी गोली चलाउने सशस्त्र प्रहरी (एपीएफ) का हवलदारलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) वासुदेव घिमिरेले गोली प्रहार गर्ने हवलदार पक्राउ परेको शुक्रबार पुष्टि गरेका छन् । घटनापछि सिर्जित तनाव र अनुसन्धानको प्रक्रियाबारे जानकारी दिँदै सीडीओ घिमिरेले गोली […]
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ। सोही बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा शुक्रबार दिउँसो ३ बजे बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभएको हो। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थिति हुनका लागि आग्रह गरिएको छ। बैठकमा महाधिवेशन विवादको बारेमा छलफल हुने नेताहरूले बताएका हुन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश […]