। नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको नतिजा बुधबार राति सार्वजनिक हुने भएको छ ।
एमालले बुधबार राति साढे १० बजे अघि नै निर्वाचनको नतिजा सार्वजनिक हुने जनाएको हो। मतदानस्थल भृकुटीमण्डपमा बुधबार बिहान प्रेस ब्रिफिङको क्रममा एमाले नेता राजेन्द्र गौतमले मतदान सम्पन्न भएको २ घण्टाभित्र नतिजा सार्वजनिक हुने बताउनुभएको छ।
जम्मा मतदाताहरुको संख्या र भोटिङ मेसिनलाई लाग्ने समयलाई काउन्ट गर्दाखेरी एक जना व्यक्तिलाई २० मिनेट लाग्ने र एक पटकमा ८० जनाले भोट खसाल्न पाउने व्यवस्था गरिएको समेत उहाँले जानकारी गराउनुभयो। यसरी हेर्दा करिब साढे ८ घण्टामा मतदान सम्पन्न गर्ने तयारी अनुसार महाधिवेश निर्वाचन आयोगले दिएको सूचना बमोजिम अगाडि बढेको नेता गौतमले बताउनुभयो ।
अहिले भृकुटीमण्डपमा महाधिवेशन प्रतिनिधिले मतदान गर्ने क्रम जारी रहेको छ।