पोखरा सडक महोत्सव पौष १३ गतेदेखि शुरू हुने

पोखरा सडक महोत्सवको २७ औं संस्करण आगामी पौष १३ गतेदेखि शुरु हुने भएको छ। काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै आयोजकले महोत्सवकाे बारेमा जानकारी गराएको हो। महोत्सव पुस १३ देखि १७ गतेसम्म सञ्चालन हुने भएकाे छ। अंग्रेजी नयाँ वर्षको अवसरमा पोखराको लेक साइडमा करिब साढे ३ किलोमिटर क्षेत्रमा महोत्सव सञ्चालन हुने भएकाे हाे। सडकमै खाउँ, सडकमै […]
महाधिवेशनपछि एमाले एक ढिक्का भएर अघि बढ्ने नेता पाेखरेलकाे दावी

नेकपा एमालेका नेता शंकर पोखरेलले महाधिवेशनपछि पार्टी अझै एक ढिक्का भएर अघि बढ्ने दावी गर्नुभएकाे छ। महाधिवेशनस्थल भृकुटिमण्डपमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता पोखरेलले नेतृत्व चयनका क्रममा विभिन्न समूह देखापरे पनि महाधिवेशनपछि पार्टी अझै एक ढिक्का भएर अघि बढ्ने दावी गर्नुभएकाे हाे। उहाँले पार्टीभित्रको नेतृत्वका लागि आन्तरिक प्रतिस्पर्धा हुनु लोकतन्त्रको सुन्दर अभ्यास भएको बताउनुभयाे। । […]
एमाले महाधिवेशन: निर्वाचनको नतिजा आजै राति साढे १० बजे सार्वजनिक गरिंने

। नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको नतिजा बुधबार राति सार्वजनिक हुने भएको छ । एमालले बुधबार राति साढे १० बजे अघि नै निर्वाचनको नतिजा सार्वजनिक हुने जनाएको हो। मतदानस्थल भृकुटीमण्डपमा बुधबार बिहान प्रेस ब्रिफिङको क्रममा एमाले नेता राजेन्द्र गौतमले मतदान सम्पन्न भएको २ घण्टाभित्र नतिजा सार्वजनिक हुने बताउनुभएको छ। जम्मा मतदाताहरुको संख्या र […]
एसीसी यू-१९ एशिया कपमा आज नेपालले अफगानिस्तानसँग सामना गर्दै

एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत बुधबार नेपालले अफगानिस्तानसँग सामना गर्ने भएको छ । दुबईस्थित आईसीसी एकेडेमीमा हुने सोही खेल बुधबार बिहान पौन ११ बजेदेखि शुरु हुने भएको हो। जारी यू-१९ एशिया कपमा नेपाल र अफगानिस्तान दुवैले लगातार दोस्रो खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएका छन्। त्यसैले यस खेलको नतिजाले कुनै फरक भने पार्ने छैन। नेपाल […]