सुख्दा पहिरो खस्दा नौबिसे–मुग्लिन सडक अवरूद्ध

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङखोलामा सुक्खा पहिरो खस्दा नौबिसे–मुग्लिन सडक खण्ड अवरूद्ध बनेको छ।

जवाङखोलामा सोमबार मध्यराति सुख्खा पहिरो खसेको र पहिरो खस्ने क्रम अझै नरोकिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।

अहिले उक्त स्थानमा दुईतर्फी नै बाटो अवरूद्ध रहेको धादिङ प्रहरीले जानकारी दिएको छ। राति पहिरो पन्छाउन नसकिने र बिहान उपकरण ल्याइ पन्छाउन थालिने पनि प्रहरीले जानकारी दिएको छ।

सडक अवरूद्ध हुँदा पृथ्वी राजमार्गमा अहिले काठमाडौंबाट बाहिरिने र भित्रने सवारी साधनको लामो जाम रहेको छ।